जन आकाश
काठमाडौं । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०७९ चैत्र १८ गते शनिबार नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान गर्दै छत्तीसौं अनलाइन कार्यक्रम सम्पन्न गरेको छ ।
चैते दशै तथा नयाँ वर्षको शुभकामना लक्षित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा सुसेली मञ्च नेपलकी केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो ।
बालकवि अमन अधिकारीले राष्ट्रिय गान गाएर सुरु गरिएको नयाँ वर्षको शुभकामना विशेष सुसेली गायन र वाचन कार्यक्रममा उपस्थित २५ जना उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा आउँदै गरेको नयाँ वर्ष २०८० को शुभकामना सुसेलीमा गायन र वाचन गर्दै आ-आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले सुसेली लेख्न सरल पनि छ र कठिन पनि छ र अहिले आएर सबैका सुसेली रचनाहरू काव्यात्मक रुपमा विम्ब प्रधान हुँदै आएकोमा खुसी व्यक्त गर्दै उपस्थित हरेक कविहरूलाई एकएक गरि नयाँ वर्षको शुभकामनाका साथै आफूले रचना गर्नुभएका नयाँ वर्ष सम्बन्धि शुभकामना सुसेलीहरू लयमा गाएर सुनाउनुभयो ।
यसैगरी अर्का विशिष्ट अतिथि तिलकप्रसाद लुइँटेलले नयाँ वर्षको विस्तृत बर्णन सहित यसको पौराणिकता र ऐतिहासिक महत्त्वका बारेमा व्याख्या गर्नुभयो । नयाँ वर्षमा प्रकृतिले पनि नयाँ पालुवा फेर्ने याम हो यसैले नयाँ वर्ष सान्दर्भिक छ भन्दै त्यासदिनको सर्जकहरूको समिक्षात्मक टिप्पणी एउटै सुसेली:
शुभकामना
सुसेलीका सिल्पीमा
मेरो बन्दना ।
भनेर गाउँदै आफ्ना शुभकामना सुसेलीहरू प्रस्तुत गर्नुभयो ।
दुर्गा अधिकारी भमरकोटेले “आजको यो विशेष दिनमा दुईजना विशिष्ट अतिथि कविहरू कलानिधि दाहाल र वेद ज्ञाता तिलकप्रसाद लुइँटेल सहित २५ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर शुभकामना सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकोमा अत्यन्तै हर्ष लागेको र उत्कृष्ट कविहरूको उपस्थितिले कार्यक्रम भव्य र सभ्य हुँनुका साथै कविहरूले आफ्ना सुसेली सिर्जनाहरू सहज तवरमा सुनाउने अवसर पाउँनु भएको र नयाँ वर्ष प्रति समर्पित सुसेली गायन अत्यन्तै मन छुने हुनुका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरूमा धन्यवाद सहित आभार प्रकट गरेर सभापति भमरकोटेले कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवादका साथै सुसेली मञ्चको पाँचौ वार्षिकोत्सब बैशाख ७ गते मातातीर्थ औशिका दिन सबैको उपस्थितिको अपेक्षा राख्दै
शुभकामना
नयाँ वर्ष असी यो
आयो आँगन ।
साथै थप संस्कृतका दुईवटा शुभकामना सुसेली गाउँदै कार्यक्रमको समापन गर्नुभयो ।”
नयाँ वर्षको शुभकामना आदानप्रदान विशेष कार्यक्रममा सुसेली वाचन गायनमा सरिक सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, उर्मिला पन्त, घनश्याम पौडेल, लक्ष्मीप्रसाद मिश्र, दामोदर ढकाल,कृष्ण केसी, डा. यादेवी ढकाल, कल्पना भट्टराई, भवानी घिमिरे, रामशरण न्यौपाने, तारा घिमिरे, उत्तम विचार भेटवाल, सीता विष्ट कार्की, विमुन्स पौडेल, चन्द्रा न्यौपाने । लगायत रहनु भएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend