logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

एकै हुन्छ : मायाँ बोलको गजल सार्वजनिक


  • जन आकाश
  • मंगलबार, चैत्र २१ २०७९

काठमाडौ । गजल गायक कमल बिष्टको सुमधुर स्वर तथा युवा कवि ,गीतकार तथा गजलकार उत्तम विचारको शब्दमा एकै हुन्छ मायाँ बोलको गजल सार्वजनिक भएको छ । गजलमा कमल बिष्ट स्वयम् को संगीत रहेको छ ।



नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन जति गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम बिचारको गजल यात्रा भने यो नै पहिलो रहेको छ । पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रष्टा उत्तम बिचारका गीत कविता मुक्तकहरुले समाजको वास्तविकता बोल्छन् ।

कहिले उनको गीत, गजल तथा रचनाले प्रेमको पीडा बोक्छ, त कहिले समाजको बास्तविक यथार्थताको कथा बोल्छ । प्रेमको संकट पछिको बास्तविक यथार्थता प्रस्तुत गर्न खोजिएको छ । उक्त गजलको एरेन्ज ऋदम कँडेलले गरेका छन् ।

नेपाली गजल पारखी हरुका लागि प्रस्तुत गजलले ‘एकै हुन्छ माया गराइ अलग छन्  दिने घाउ नै हुन् दुखाइ अलग छ’ गजलले सामाजिक पृष्ठभूमिलाई गहन रुपमा प्रस्तुत गरिएको छ ।

योग्य गुरू तिलक सिंह पेलाका सुयोग्य चेलाका रुपमा परिचित कमल बिष्ट गजल प्रेमीहरुका बिच सुपरिचित गायक हुन् । शब्द संगीत र स्वरको त्रिवेणी संयोजनले मिठास भरेको अनुभूति गराउंछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend