logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चलचित्र क्षेत्रको काम अरुले छिटो गर्छु : भनेमा भुवन केसी राजीनामा दिन तयार


  • जन आकाश
  • शुक्रबार, चैत्र २४ २०७९

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रको काम आफूलेभन्दा छिटो कसैले गर्न सक्छु भने राजीनामा दिन तयार रहेको बताए ।



चलचित्र क्षेत्रको समस्या समाधानका लागि दिनरात नभनी मिहिनेत गरिरहेको बताएका केसीले आफूले बोर्डमा रहेर केही काम नगरेको भन्ने प्रति गुनासो समेत पोखे । ‘फिल्म क्षेत्रको यथावत् समस्या अहिलेको होइन । मैले यो उद्योगमा ४० वर्ष बिताए । त्यही समयदेखि म योसँग जुध्दै आइरहेको छु’ केसीले भने ‘यो म एक्लैबाट समाधान हुने समस्या होइन । सबैको हातेमालो आवश्यकता छ ।’

फिल्म क्षेत्रमा अरुलाई दोस लगाउने प्रवृत्ति हामी भएको भन्दै सबैले आफूले आफ्नो काम इमानदारी पूर्व गरिरहेको छ, छैन त्यता पनि विचार गर्नुपर्ने उनको धारणा थियो । बुधबार चलचित्र निर्माताले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा केसीले सुटिङका लागि सातै प्रदेशमा एक एक वटा फिल्म स्टुडियो निर्माण हुने बताए । स्टुडियो निर्माणको सुरुवात काभ्रेबाट छिट्टै हुने उनको भनाई थियो । केसीले दोलखामा बन्ने स्टुडियोको काम समेत अगाडि बढ्ने बताए ।

चलचित्र क्षेत्रको लागि नियम बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएपनि फाइल अगाडि बढ्न नसकेको कारण आफूले फिल्मकर्मीको माग छिटो समाधान गर्न नसकेको बताएका केसीले त्यसको पहलका लागि साथ दिन चलचित्र सम्बन्धित सबै संघसंस्थालाई अनुरोध समेत गरे ।

कार्यक्रममा चलचित्र निर्माता अशोक शर्मा, विकाश बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, दयाराम दाहाल लगायतले फिल्म क्षेत्रको समस्याको विषयमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ, कलाकार संघ, निर्देशक समाज, चलचित्र प्राविधि संघ, नृत्यकार संघ लगायतका नव निर्वाचित कार्यसमितीलाई निर्माता संघको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो ।

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले चलचित्र सम्बन्धी नवनिर्वाचित संघसंस्थालाई सम्मान गर्न पाउनु आफ्ना लागि खुसीको कुरो भएको बताए । उनले यस्ता कार्यक्रमले सबै संघसंस्थालाई एक ढिक्को भएर अगाडि बढ्न मद्दत मिल्ने धारणा राखे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend