logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अटोमोवाइल क्षेत्रको समस्याका बिषयमा अर्थ मन्त्रीसंग छलफल


  • जन आकाश
  • सोमबार, चैत्र २७ २०७९

काठमाडौ ।  आइतबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री प्रकाशशरण महतसंग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेको छ ।



सो छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गर्नुभयो ।

सोही क्रममा अध्यक्ष थापाले अटो लोन हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने भन्दै भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरु आम सर्वसाधरण जनताले प्रयोग गर्ने र त्यसले उसको दैनिक जीवनमा समेत प्रभाव पार्ने भएकोले त्यस किसिमका भाडामा चल्ने सार्वजनिक महत्वका सवारी साधनहरुमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुल घटाउन आग्रह गर्नु भयो ।

त्यसै क्रममा अध्यक्ष थापाले अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्व पनि बढने सुझाव दिनुभयो । सो छलफलको क्रममा मन्त्री महतले आफु धेरै अपठयारो परिस्थितिमा आएको बताउनु हुदै अटोमोवाइल व्यवसायीहरुको समस्याको सम्बोधनका लागि नेपाल राष्ट्र बैंकसंग सल्लाह गर्ने, कुन कुन विषयहरुमा अटोमोवाइल व्यवसायीहरुलाई समस्या परेको छ । त्यसबारे आउदो बजेट सुझावमा समावेशगरी पठाई दिन आग्रह गर्दे त्यसको  समाधानका लागि प्रयाश गरिने आश्वासन दिनुभयो ।

सोही भेटघाटको क्रममा मन्त्री महतले अव अटोमोवाइल व्यवसायीहरुले विद्युतिय सवारी साधनहरुको उत्पादन र विक्रीमा यथोचित ध्यान दिनका लागि आग्रह समेत गर्नु भएको सन्दर्भमा अध्यक्ष थापाले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहित गर्न त्यसमा लाग्ने भन्सार तथा अन्तःशुल्क महशुलमा थप छुट दिन अनुरोध गर्नूभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend