logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

के हुँदै छ : गौतमबुुद्ध क्रिकेट रंगशाला


  • जन आकाश
  • मंगलबार, चैत्र २८ २०७९

काठमाडौ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिनेबारेमा अहिलेसम्म कुनै निर्णय नभएको पाइएको छ ।



२० चैतमा बसेको मन्त्रिपरिषद बैठकले रंगशालाको स्वामित्व सरकारले लिने र १२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको खबर सार्वजनिक भएको थियो । तर २० गतेको बैठकमा क्रिकेट रंगशाला सरकारले जिम्मेवारी लिएर बनाउनुपर्छ । भन्ने बारेमा छलफल मात्रै भएको र कुनै निर्णय मन्त्रीपरिषदबाट नभएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी गराइन् ।

उनका अनुसार खेलकुद मन्त्रालयबाट रंगशाला जिम्मा लिएर सरकारले बनाउने प्रस्तावसहितको मोडालिटी आएपछि मात्रै यो बारेमा मन्त्रीपरिषद्ले आवश्यक निर्णय लिन्छ । युवा तथा खेलकुद मन्त्रालयाको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । निर्माण थालिएको रंगशाला यतिकै अलपत्र हुन दिन हुन्न, सरकारले इनिसियसन लिएर भने पनि बनाउनुपर्छ । भन्ने बारेमा चैत २० गतेको बैठकमा छलफल भएको हो ।

मन्त्री शर्माले भनिन् ‘कुन मोडालिटीमा बनाउने भन्ने प्रस्ताव विभागीय मन्त्रालयबाट आएपछि निर्णय होला । खेलकुद मन्त्रालयका अधिकारीहरूले पनि रंगशालाको विषयमा मन्त्रालयबाट प्रस्ताव नै मन्त्रीपरिषद् नगएको बताउँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend