logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

दमकलाई हराउँदै फिक्कल युनाइटेड फाइनलमा


  • जन आकाश
  • बुधबार, चैत्र २९ २०७९

काठमाडौ । दमक फुटबल एकेडेमीलाई हराउँदै फिक्कल युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सातखाल्डे खेलमैदानमा जारी प्रतियोगितामा पहिलो सेमिफाइनलमा फिक्कलले दमकलाई ३-२ गोल अन्तरले हराएको हो ।



पहिलो हाफमा २-० गोल अन्तरको अग्रता बनाएको फिक्कलले दोस्रो हाफमा थप १ गोल गर्न सफल रह्यो । खेलको छैटौँ   मिनेटमा शेखर राईले फिक्कललाई सुरुवाती अग्रता दिलाए । २ मिनेट नबित्दै शेखरले अग्रता दोब्बर बनाए ।

४५ औ मिनेटमा निश्चल बस्नेतले अग्रता कम बनाए । फिक्कलका कप्तान सचिन योल्मु दोहोरो पहेँलो कार्ड खाँदै ६५ औ मिनेटमा मैदान बाहिरिए । १० खेलाडीमा सीमित बनेको फिक्कलका लागि नयन प्रधानले इन्जुरी समयमा अग्रता ३-१ बनाए ।

दबाबमा परेको दमकका लागि इन्जुरी समयको अन्तिम मिनेटमा निमा तामाङले गोल गरेपनि जितका लागि पर्याप्त भएन । जितसँगै फिक्कलले कम्तीमा ८१ हजार सुरक्षित गरेको छ । खेलको म्यान अफ दि म्याच २ गोलकर्ता शेखर घोषित हुँदै नगद २ हजार प्राप्त गरे । दोस्रो सेमिफाइनल खेलमा बुधबार बिर्तामोड युनाइटेड र बुट्टाबारी युनाइटेड बीच प्रतिस्पर्धा हुनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend