logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसियन गेम्सका लागि नेपाली पुरुष भलिबल टोलीको छनोट हुँदै


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ ।



संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगका लागि खेलाडी छनोट गरिने जनाएको छ । छनोट कार्यक्रम संघले २०८० वैशाख २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने संघले जनाएको छ ।

उक्त खेलाडी छनौटका लागि संघले प्रदेश, जिल्ला र क्लबका सम्पूर्ण इच्छुक खेलाडीहरुलाई सहभागि हुन जानकारी गराएको हो । एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । यस्तै काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म कीर्गिस्तानको बिस्केकमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend