logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सलमान खानलाई ज्यान मार्ने धम्की


  • जन आकाश
  • बिहिबार, चैत्र ३० २०७९

काठमाडौ । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।



ठाणे जिल्लाका १६ वर्षीय नाबालिगले मुम्बई कन्ट्रोल रूममा फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएको बताइएको छ । प्रहरी कन्ट्रोल रूममा सोमबार राति धम्कीपूर्ण कल आएको थियो।

उनले सलमानलाई ३० अप्रिलमा (वैशाख १७ गते) मार्ने धम्की दिएका थिए । कन्ट्रोल रूममा कल गर्दा उनले आफूलाई रकी भाइ बताएका थिए । उक्त धम्कीपछि प्रहरीले नम्बर ट्र्याक गर्दा ठाणे जिल्लाको शाहपुरबाट आएको पत्ता लागेको थियो ।

प्रहरी अधिकारीका अनुसार यस मामिलामा मुम्बई प्रहरीको क्राइम इन्टेलिजेन्स युनिट (सिआईयू)  पनि संलग्न थियो । सिआईयूका पदाधिकारीको टोलीले शाहपुर गएर शंकास्पदलाई युवकलाई पक्राउ गरेको हो । अहिले उक्त कल गर्नुको पछाडि किशोरको मनसाय बारे अनुसन्धान भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend