logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

गीतकार वाङदी शेर्पाको परदेश म आको सार्वजनिक


  • जन आकाश
  • शनिबार, बैशाख २ २०८०

काठमाडौ । गीतकार तथा गायक वाङदी सेर्पा को नयाँ गीत ‘परदेसबाट म आको’ सार्वजनिक भएको छ । आफ्नो देश, आफ्नो माटो गाउँघर, पाटी पौवा, उकाली ओह्राली, साथी संगी, मेलो पात र बजार हाटका घुर्मैलो सम्झनाका तरेलीहरूले हरेक पल परदेशीहरूको मन मा डेरा जमाएकै हुन्छ । यिनै कुराहरूको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी सेर्पाको शब्द, गायक तथा सङ्गीत अशोक मुकारुङले लय भर्नु भएको छ ।



स्वयम गीतकार वाङदी सेर्पाको स्वरमा रेकड भएको गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा रेकडिस योगेन मुकारुङ र मिक्सिङ राजु कार्कीले गर्नुभएको छ । भिडियोमा योगेन मुकारुङको छायाँकन र जीवन मुकारुङको सम्पादन छ ।

भोजपुर जिल्लाको भाम्राङमा जन्मिनुभएका गायक तथा गीतकार वाङदी सेर्पा, आफ्नो अध्यन र ब्याबसायको शीलशिलामा केही समय धरान बसाइपछि, बिगत दुई दशकदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनुभएको छ ।

परदेशको कार्य व्यस्तताबीच समयलाई सदुपयोग गर्दै नेपाली गीत सङ्गीतसँगै विभिन्न संघ सस्था र बिशषगरी सामाज सेवामा आफूलाई समर्पित गर्दै आउनुभएको छ । उहाँले दुई दर्जन जति गीत लेखिसक्नु भएको छ । छोटो समयको लागि स्वदेश आउनुभएका गीतकार तथा गायक वाङदी सेर्पा आफ्नै शब्द र स्वरमा अब आउने गीती एल्बमको रेकडिङमा ब्यास्त हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend