logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

विश्व कीर्तिमानी डा. उपाध्यायलाई दीर्घ साधाना सम्मान


  • जन आकाश
  • शनिबार, बैशाख २ २०८०

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा साहित्यकार डा। डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान अर्पण गरिएको छ । डा. उपाध्यायलाई निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा काठमाडौंको होटल हायात प्यालेसमा गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोस्रो संस्करणमा नगदसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको हो । गीत संगीत तथा विविध विधामा १३२ विश्व रेकर्ड कायम गर्नुभएका डा. उपाध्यायका १४ उपन्यास, तीन गीति पुस्तक र १५० भन्दा बढी गीत र भिडियो सावजनिक छन् ।



चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी संस्था, सञ्चार, वातावरण, कला तथा संस्कृति, खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका ३७ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सो अवसरमा अवार्ड वितरण गरिएको थियो । प्रत्येक वर्ष करिव दुई दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्शकी उपाध्यक्ष तथा साल्ट टेडिगं कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, विशिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, वरिष्ठ अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ समाजसेवी डा। सुशिला मल्ल तथा कार्यक्रमका सभापति क्या। जनक अधिकारी लगायतले श्रेष्ठलाई सम्मान अर्पण गर्नुभएको थियो ।

नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको उक्त कार्यक्रममा द वेष्ट योगं एचिभ्मेन्ट अवार्ड सुनिल राणा, उत्कृष्ट पपुलर रियालिटी शोका लागि कमेडी क्लब विथ च्याम्पियन, एकेडेमिक एक्सिलेन्स अवार्डका लागि मिनिल्याण्ड इङ्लिस हाई स्कुल उत्कृष्ट नायकका लागि प्रदीप खड्का, द योङ्गेस्टअपरेशन डाईरेक्टर अफ द इयरबाट क्याप्टेन मनिष रत्न शाक्य, उत्कृष्ट रियालिटी शोको लागि द भ्वाइस अफ नेपाललाई अवार्ड प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट गायकका लागि दीप श्रेष्ठ, उत्कृष्ट समाजसेवी संचिता अधिकारी, उत्कृष्ट संस्कृति तथा सामाजिक अभियान्ता अन्तर्राष्टियका लागि भारतबाट डा. रुना शर्मा आत्रेय, उत्कृष्ट अन्तर्राष्टिय पत्रकारिता अवार्ड भारतबाट प्रदीप फुटेला, उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का, द एजुकेशनल लिडरसिप एण्ड म्यानेजमेन्ट अवार्ड पुरुषोत्तम महर्जन, उत्कृष्ट भर्सटाईल अभिनेता कोशिश क्षेत्री, उत्कृष्ट द आउटस्टैण्डीगं एकडेमीक चेयरपर्सन केशवप्रसाद दङ्गाल, उत्कृष्ट गायिका अञ्जु, पन्त उत्कृष्ट मिडिया पर्सन ऋषि धमला, उत्कृष्ट मोडल शिशिर भण्डारीलाई प्रदान गरिएको थियो ।

त्यस्तै, द आउटस्टैण्डिगं कन्टिव्यूसन ईन नेपाली म्युजिक भिडियो सीताराम पोखरेल, द नेशनल एजुकेशनल हिरो अवार्ड सुदीप कार्की, द वेष्ट विजनेश पर्सन सुमन दाहाल, द ईमर्जिगं चेयरपर्सन ऋषि झा, द वेष्ट फिल्म जर्नालिष्ट राज श्रेष्ठ, अटिजम स्कूल अफ द ईयर सेन्टर फर अटिजम नेपाल, द वेष्ट सोसिएल ईनफुलयन्सर अवार्ड भीम उपाध्याय, द वेष्ट भिडियो ईडिटर प्रविन श्रेष्ठ, द वेष्ट मिडिया विजनेस पर्सन हरि शरण सुवेदी, द वेष्ट ईभेन्ट अर्गनाईजर सन्तोष राज सहानी, द वेष्ट प्रिन्सीपल दिवस शाक्य, द वेष्ट सिनेम्याटोग्राफर निरज कंडेल, द वेष्ट ईन्टरनशेनल एक्ज्युकेटीभ सेफ ईन्टरनेशनल भावी खनाल, उत्कृष्ट गायक डायस्पोरा म्याक्स नेपाल, द वेष्ट फाईनान्सीएल लिटेसी अवार्ड माधव निर्दोष, द वेष्ट नेपाली सेफ अफ द इएर सुरेशचन्द्र बस्नेत, द वेष्ट प्लस टु कलेज अफ द इयर ग्लासिएर ईन्टरनेशनल कलेज, स्पेशल एचिभ्मेन्ट अवार्ड धर्मेन्द्र सापकोटा तथा वर्ष खेलाडीको रुपमा हेमा खड्कालाई प्रदान गरिएको थियो ।

अग्रगामी, सृष्टिकर्ता, कलाकार, प्राज्ञ, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको स्थापना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रम आयोजनाको लामो अनुभवपछि अवार्डको भीडमा भिन्न किसिमका अवार्ड आयोजना गरिने प्रयास गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइटेलले बताउनुभयो । ग्यालेक्सी एक्सिलेन्स अवार्डको पहिलो संस्करणको उत्कृष्ट सफलतापछि भारतलगायत देश विदेशबाट आएको सकारात्मक प्रतिक्रिया यस संस्करणलाई पनि भव्य र सभ्य बनाउने चुनौतीबीच यस कार्यक्रमलाई पनि फरक तवरले आयोजना गरिएको आयोजक कमिटि सदस्य रमा प्याकुरेलले जिकर गर्नुभयो । कायक्रममका प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजालले सम्मान प्राप्त गर्नेलाई शुभकामना दिँदै आफूले सोचेको भन्दा कार्यक्रम उत्कृष्ट लागेको र एक साथ राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याती कमाएका व्यक्तित्वहरूलाई एक साथ अवार्ड तथा सम्मान गर्न पाउनु आफू भाग्यमानी रहेको बताउनुभयो ।

कार्यक्रममा सांसद कृष्णप्रसाद यादव, वरिष्ठ अभिनेत्री वसुन्धारा भुसाल, वरिष्ठ सञ्चार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तीर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी, जेसी अमिष ढकाल लगायतका वरिष्ठ व्यक्तित्वहरूको उपस्थिती थियो ।

कार्यक्रमको सञ्चालन दिनेश डिसीले गर्नुभएको थियो भने टिभी टुडेबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रमको सभापतित्व गीता एभिएसनका प्रमुख क्यापटेन जनक अधिकारीले गर्नुभएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend