logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ए डिभिजन लिग फुटबल अन्तर्गत दुई खेल हुँदै


  • जन आकाश
  • आइतबार, बैशाख ३ २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । आज एक खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।



च्यासल मैदानमा सङ्कटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा रोयल ब्लु सातदोबाटो युथ क्लव र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सङ्कटा र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ भने सातदोबाटो र पुलिसबीचको खेल साँझ ६ बजे मात्र सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend