logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

परिकल्पना गणेश बाबू बिक : माईला सिरियल


  • जन आकाश
  • आइतबार, बैशाख ३ २०८०

काठमाडौ । समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको माईला टेलि -सिरियल गणेश बाबु बिकले निर्माण गरेका हुन । यो हरेक हप्ताको बिहिबार साझ ६३० बजे GBk Entertainment युटृब च्यानलबाट   सार्वजनिक हुन्छ । एक भागबाटै दर्शकको मन जित्दै आज माईला टेलि -सिरियल ४४ भागमा प्रवेश भएको छ ।



माईला टेली-सिरियलले “नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ ।

यसै सिरियलका  (डाइरेक्टर, प्रोडुसर, कथा लेखन) गणेश बाबू बिक आफै रहेका छन् । मेरा जिवनमा घटेका घटनालाई नै माईला सिरियलमा उतार्दै आएको छु । बास्तवमा म घरको माईलो छोरो हो । “मैले भोगेका अनुभवलाई नै समेटेर माईला सिरियल बनाएको हो । मेरो हरेक भोगाइ माईला सिरियलमा देखाएको छु ।” गणेश बाबू बिक

सात बर्षको उमेरदेखी निरन्तर कलाकारी क्षेत्रमा लागेका बिक थुप्रै म्युजिक भिडियो धेरै सिरियलमा अभिनय गरेका छन् । तेतिमात्र नभएर दर्जनौ गीत उनका बजारमा रहेका छन् । बिक लोकदोरी क्षेत्रका पुराना गायक पनि हुन्  । अहिले पछिलो समय “मत पागल प्रमी हो ।” बोलको गीतले बिक निकै चर्चामा आएका छन् । बिक हप्तामा सातै दिन सिरियल र म्युजिक भिडियोको डाइरेक्सनमा ब्यस्थ हुनेगर्दछन् । सिरियल होस या म्युजिक भिडियो बनाउँदा टिम नै राम्रो हुनुपर्दछ । टिम बिना केही गर्न सकिदैन बिकले जन आकाश मिडियासँग बताउँछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend