जन आकाश
काठमाडौ । कप्तान सञ्जु सामसन र शिम्रोन हेटम्यरको अर्धशतकमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । इन्डियन प्रिमियर लिगको २३ औं खेलमा राजस्थानले गुजरातलाई तीन विकेटले हराएको हो ।
जितका लागि गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले चार बल बाँकी छँदा ७ विकेट गुमाएर भेटाएको थियो । दोस्रो ओभरमै ओपनर यशवी जैसवाल गुजरातका कप्तान हार्दिक पाण्ड्याको बलिङमा क्याच आउट भएका थिए ।
अघिल्ला खेलहरूमा उत्कृष्ट ब्याटिङ गरेका जोस बट्लर गुजरातविरूद्धको खेलमा शून्य रनमै आउट भएपछि राजस्थानमाथि केही दबाब परेको थियो । तर, देवदत्त पाडिकल र कप्तान सन्जु सामसनले उत्कृष्ट साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए । पाडिकललले २५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २६ रनको योगदान गरे ।
सामसनले ३२ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६० रनको योगदान गर्दै टोलीलाई जिततर्फ उन्मुख गराए । ल्अभिि कप्तान सामसनको विकेटपछि क्रिजमा आएका शिम्रोन हेटम्यरले अर्धशतक बनाएपछि राजस्थानको जित सुनिश्चित भएको हो ।
हेटम्यरले २६ बलमा २ चौका र ५ छक्काको विस्फोटक ब्याटिङ गर्दै नटआउट ५६ रन बनाए । त्यस्तै ध्रुव जुरेल र रविचन्द्रन आश्विनले १८ र १० रन बनाए बलिङतर्फ गुजरातका मोहम्मद शामीले तीन विकेट लिए। रसिद खानले २ विकेट लिँदा अल्जारी जोसेफ र नूर अहमदले एक–एक विकेट लिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend