logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

१३ औ राष्ट्रिपति रनिङ शिल्ड बागमति प्रदेश छनौटमा रामेछापको फितलो प्रर्दशन


  • जन आकाश
  • मंगलबार, बैशाख ५ २०८०

काठमाडौं  ।  बैशाख ३ गते देखि ५ गते सम्म दशरथ रंगशाल त्रिपुरेश्वरमा संचालन भएको १३औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बागमति प्रदेश छनौटमा रामेछाप जिल्लाले बिर्सनलायक फितलो प्रर्दन गरेको छ ।



त्रिपुरेश्वर स्थित तीन दिनसम्म संचालन भएको प्रतियोगितामा रामेछापले छात्रा तर्फको सटफुटमा सजनी तामाङ्गले रजत पदक दिलाईन,४००मि दौडमा भगवती खडकाले रजतमा नै चिक्त बुझाईन कराँते कुमिते विधा तर्फ ४५ के.जी तौलमा वर्ष श्रेष्ठले काठमाण्डौसँग पराजित हुदै रजत पदकमा खुम्चिन पुगिन ।

त्यसै गरि छात्रा/छात्र तर्फ ज्याभलिङ्ग थ्रोमा अरुण मान्नधर र संजय मोक्तानले कास्य पदक दिलाए एथलेटिक्स विधा तर्फको छात्रा ३००० मि. दौडमा भगवती माझीले पदक तालिकामा कास्य थप्न सफल भईन भने छात्र कराँते तर्फ ४० के.जीमा संस्कार पौडेलले कास्य पदक जिते यस पदक सँगै जिल्लाले ३ रजत ५ कास्य सहित ७ पदक प्राप्त गर्न सफल भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend