logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एसिसी मेन्स प्रिमियर कपको पहिलो खेलमा नेपालको शानदार जित


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौ । एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले शानदार जितको सुरूआत गरेको छ ।



कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । २३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे । उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए । जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो  । त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए । ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरूआती दबाब भएको थियो ।

पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए । पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले  नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ । नेपालको समूहमा ओमान, कतार  मलेसिया र साउदी अरेबिया छन्  । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend