जन आकाश
बिनोद कार्की ।
काठमाडौ । पछिलो समय नेपाली संगितिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै संगितिक क्षेत्रमा पछिलो समय एक पछि अर्को गरेर गितहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरेका छन् । सोही क्रम्मा गायक प्रकाश सपुतले सकम्बरी गीत बजारमा सार्वजानिक गरेका छन् ।
३ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।
प्रकाश सपुतले गीतसंगीत मार्फत आफ्नो छुट्टै पहिचाहान बनाउँन सफल भएका छन् । बजारमा नेपाली गीतसंगीत दिनौ दिन भित्रने गर्दछन् । कुनै गीतले सन्देश दिएका छन् भने कुनै गीतले समाजमा बिकृति समेत फैलाउँदै आएका छन् ।
यस्तै पछलो समयमा प्रकाश सपुतले गायका हरेक गीत टेन्डिङमा पर्ने गर्दछन् । पछिलो समय सपुत म्युजिक भिडियोमा समेत जम्न थालेका छन् । सपुतलाई नेपाली गीतसंगीत क्षेत्रको सफल कलाकार भनेर पनि चिनिन्छ । सपुतका गीत बजारमा ढिलो आउँछ तर सबै गीतले बजारमा तहल्का पिट्ने गर्दछ । सपुतले भन्ने गर्दछन् कस्ता खालका गीतसंगीत दर्शकको मनमा बस्छ पत्तो नै हुँदैन ।
सकम्बरी सपुतको गीतले बुधबार ८२ लाख भन्दा बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।
गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् ।
भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । भिडियोमा सपूतको अलावा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend