logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

महिन्द्राले आफ्नो XUV 300 नेपली बजारमा ल्यायो


  • जन आकाश
  • बुधबार, बैशाख ६ २०८०

काठमाडौ ।  महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि कर्पोरेटले नेपालमा नयाँ XUV300,W6 TurboSportTM   भेरियन्ट ल्याएको छ । आज उसले आफ्नै शोरुम पानी पोखरीमा उक्त नया एस यु भि सार्वजनिक गरेको हो ।



काठमाडौको पानी पोखरीस्थित अग्नि कार्पोरेट क. प्रालिले सयौको संख्यामा आएका सञ्चारकर्मी माझमा नयाँ भेरियन्ट सार्वजनिक गर्नु अगाडी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले भने, “हामी XUV300 लाई बजारको अद्वितीय आवश्यकताहरू पूरा गर्ने नयाँ भेरियन्ट मिक्सको साथ नेपालमा ल्याउन पाउँदा उत्साहित छौं । त्यसैगरी अग्नि ग्रुपका डारेक्टर अर्जुन शर्मा, सिइओ बर्दन बस्नेतले युएक्स भीको वारेमा जानकारी गराएका थिए ।

अग्निको एक्स यु भि ३०० नयाँ  भेरियन्ट सार्वजनिक गर्दा उपस्थित सञ्चारकर्मीहरुले उत्साहका ताली बजाएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend