जन आकाश
काठमाडौं । एसीसी प्रिमियर कपमा मलेसियाले पहिलो जित हात पारेको छ ।
पहिलो खेलमा नेपालसँग पराजित भएको मलेसियाले समुह ए अन्तर्गत आज भएको खेलमा साउदी अरेबियामाथि ८ विकेटको फराकिलो जित हात पारेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको साउदी ४६.२ ओभरमा १५३ रनमा अलआउट भएको हो ।
साउदीका लागि हसिब गाफुरले ७८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४० रन बनाए । साउदीका लागि अब्दुल वाहिदले ३६ रन बनाए । कप्तान हिसम शेखले २१ रन बनाए भने अतिफ उर रहमान १८ रनमा अविजित रहे । त्यसबाहेक कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मलेसियाका लागि खिजर हायतले सर्वाधिक ३ विकेट लिए । अन्वर रहमान, मोहम्मद वाफिक र रिज्वान हैदरले समान २–२ विकेट लिए । विरनदिप सिंहले १ विकेट लिए । साउदीले दिएको मध्यम लक्ष्य पछ्याएको मलेसियाले २१.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो ।
मलेसियाको लागि ओपनर ब्याटर मोहम्मद अमिरले ४४ बलमा १२ चौकासहित सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अर्का ओपनर विरनदिप सिंहले ५३ बलमा ८ चौका सहित ५१ रनको अर्धशतकीय पारी खेले ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend