जन आकाश
मोहन कार्की ।
रामेछाप। रामेछाप जिल्लाको ठोसेमा रहेको शारदा माविले आज ७२ औं बार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
माविको कार्यक्रम त्यसै स्कुलका शिक्षक भुपेन्द्र के.सी.द्धारा विद्यालयको एतिहासिक तथ्य सहित सम्बोधन गरी शुरु भएको थियो।
कार्यक्रमको सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराज कार्कीले गर्नुभएको थियो ।
स्वागत मन्तव्य दिदै शिक्षक लेख कुमार बस्नेतले सम्पुर्ण अतिथिगण तथा उपस्थित अभिभावकहरुलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रमको प्रमुख अतिथि गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का रहनु भएको थियो ।
बिशिष्ट अतिथिमा सोही गाउँपालिकाका उपाध्यक्ष उषा बस्नेत कार्की हरनु भएको थियो । बिशेष अतिथिमा गोकुलगंगा गाउँपालिका वाडन २ का अध्यक्ष सुन्दर कुमार कार्की, पुर्व विव्यस अध्यक्ष एवम् विव्यस सल्लाकार जगत बहादुर आले लगायत गन्य मान्य व्यक्तित्वहरु हरनु भएको थियो ।
अतिथिहरुमा ग्रीन तारा नेपालका प्रतिनिधि विभोर पोखे्रल, वाडन. २ भित्रका आधारभुत विद्यालयका विव्यस अध्यक्ष, प्रधानध्यापक, संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानीय समाजसेवी, शिक्षा प्रेमी, बयोबृद्ध, अभिभावक विद्यर्थी लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम शुरु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक रविराज खड्काले विद्यायलयको प्रगति विवरणमा “शारदा माविको विगतको गौरवमय ईतिहास रहेको र यस विद्यालयवाट हजारौ विद्यार्थीहरुले अध्ययन गरी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तर सम्म पुगेर समाज र राष्ट्रका लागि योगदान दिएको उल्लेख गर्नुभएको थियो । विगतभन्दा वर्तमानमा विद्यालयले भौतिक संरचनमा पनि प्रगति गरेको शैक्षिक रुपमा पनि उल्लेखनिय प्रगति भईरहेको, यसै विद्यालयवाट २०७८ को एसईई परिक्षा र कक्षा १२ को राष्ट्रिय परिक्षमा समेत गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको यहाहरुमा जानकारी नै छ । आउदा दिनमा थप शैक्षिक प्रगतिका लागि विद्यायलय विव्यस शिअसंघ,अभिभावक, शिक्षक र विद्यार्थी तथा सम्बन्धित गाउँपालिकाले समेत सक्रीयता पुर्वक आ–आफ्नो जिम्मेवारी र दाइत्व पुरा गर्नु पर्दछ । विद्यालयले चाहेर मात्र पनि हुदैन । त्यसकारण सवै सरोकार वालाहरुको निरन्तर साथ र सहयोग हामीले चाहेका छौ । विशेष गरेर अभिभावकहरुलाई स्कुलमा बच्चा भर्ना गरेर मात्रै दाईत्व पुरा नहुने गुणस्तरीय उपलब्धि हाशिल गर्न निरन्तर विद्यालय आई आफ्ना छोराछोरीहरुको सिकाईस्तर वारे जानकारी लिई सुधारका लागि आवश्यक्ता पृष्ठपोषण प्रदान गर्न सम्पर्कमा रहिराख्न अनुरोध गर्दछु ।” प्रधानध्यापकको भनाई हो ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले गल्ती गर्ने कसैलाई छुट छैन भन्दै शैक्षिक क्षेत्र सुधारका लागि प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यालयका समितिहरु तथा विद्यार्थी स्वंयम पनि अनुशासित भई आफ्नो पदीय जिम्मेवारी पुरा गर्नुपर्ने बताउनु भएको थियो ।
त्यसैगरी विशिष्ट अतिथि सोही गाउँपालिका उपाध्यक्ष उषा बस्नेत कार्कीले महिला दिदीबहिनी शिक्षाको लागि सक्रीय हुनुपर्छ । म पनि महिला भएको हुनाले यहाहरुमा अनुभव सुनाउछु गाउँकै स्थानीय खानेकुराहरु विद्यार्थीलाई खाजाको रुपमा पठाउन आग्रह गर्नु भएको थियो ।
सो कार्यक्रममा बोल्ने बक्ताहरुमा पुर्व विव्यस अध्यक्ष जगत बहादुर आले, महेशलाल प्रधान, वडा अध्यक्ष सुन्दर कुमार कार्की, खेटराज घिमिरे लगायतले सम्बोधन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो ।
विद्यालयले यहि महत्वपूर्ण अवसर पारेर विद्यालयमा उत्कृष्ट छात्राछात्रहरुलाई पुरुस्कार सहित प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो भने एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन अध्यापन गराउनुहुने शिक्षक शिक्षिकाहरुलाई नगद पुरस्कार सहित सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो ।
वेष्ट टिचर अवार्ड प्राप्त गर्ने शिक्षक मोहन सुनारीलाई नगद रु १०००० सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो भने सवैभन्दा बढी दिन हाजिर भई नियमित पठनपाठन गराउने शिक्षक तथा नियमित कर्मचारीलाई समेत प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
विद्यालयमा स्थापित श्रीमती वेटीमाया प्रधान प्रतिभा अक्षय कोष, नारायणभक्त श्रेष्ठ तथा नारयणदेवी श्रेष्ठ अक्षय कोष, स्वर्गीय पदम बहादुर विक स्मृति अक्षय कोष, स्वर्गीय निम छेकि अक्षय कोष, स्वर्गीय पदम बहादुर विक स्मृति अक्षय कोष, स्वर्गीय , रेष्ट अक्षय कोष, जन्मदिन अक्षय कोष आदिवाट विभिन्न प्रतिभाशाली विद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरि उच्च शिक्षाको प्रोत्साहन गरिएको थियो भने उक्त अक्षय कोष दाताहरु र विद्यालयलाई विभिन्न भौतिक तथा प्राविधिक सहयोग पु¥याउने रेष्ट,ग्रीनतारा नेपाल र सेतो गुराँस राष्ट्रिय बालबिकास सेवा केन्द्रलाई विद्यालयवाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
विविध मौलिक संस्कृति झल्कने नृत्यहरु तथा बिभिन्न प्रतिभाहरुले प्रष्फुटन गरेका प्रतिभाहरु कार्यक्रम प्रस्तुत गरि थप मनोरञ्जनात्मक बनाइएको थियो ।
सो अवसरमा यसै जन आकाश मिडिया प्रा.लि.का अध्यक्ष तथा सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहेका पत्रकार मोहन कार्कीले विद्यार्थीहरुको शारीरिक विकासमा टेवा पुग्ने खालका विभिन्न खेल सामग्री तथा ज्ञानवर्धक सन्दर्भ पुृस्तकहरु प्रदान गर्नुभएको थियो ।
कार्यक्रम निर्धारित समयभन्दा केही ढिलोगरी शुरु भएपनि अन्तिमसम्म अत्यन्त सौहार्दापूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend