logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको आमा विशेष सुसेली गायन कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, बैशाख १७ २०८०

काठमाण्डौ।राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०८० बैशाख १६ गते शनिबार आफ्नो अठतीसौं अनलाइन कार्यक्रममा आमाहरूको सम्मानमा सुसेली गायन तथा रचना वाचन सम्पन्न गरेको छ ।



सुसेली मञ्चका संस्थापक तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन कवि साहित्यकार, कल्पनाका सुसेली पुस्तककी लेखक, सुसेली अभियन्ता कल्पना अधिकारीले सुन्दर तवरले गर्नु भएको थियोे ।

सुसेली गायन कार्यक्रममा सरिक २० जना कवि साहित्यकारहरूले आमाहरूको सम्मानमा आमाको ममता, महत्त्व र आमा विनाको संसारको कल्पना समेत गर्न नसकिने कुरामा जोड दिँदै त्रिपदीय नेपाली लोकलयमा सुसेली रचना गरि गाउनु र वाचन गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कलानिधी दाहालले छोटो समयमा नै लघुतम विधा सुसेलीले गर्दै आएको प्रगतिको प्रसंशा गर्दै यो विधा रचना गर्न सजिलो र चोटिलो हुनुका साथै मीठासपुर्ण ढंगमा गाउन सकिने भएको हुँदा आगामी दिनहरूमा सुसेलीको लोकप्रियता अझै व्यापक हुने कुरामा आफू विस्वस्त रहेको र अझै गहिरो भाव भएका उत्कृष्ट सुसेली रचना गर्दै अगाडि बढ्न सल्लाह दिँदै आफूले रचना गरेका आमा सम्बन्धि सुसेलीहरू गाएर सुनाउनुभयो ।

सुसेलीको कार्यक्रममा सधैं सरिक हुन पाएकोमा खुसी व्यक्त गर्दै अर्का विशिष्ट अतिथि वेदज्ञाता तिलकप्रसाद लुइँटेलले आमा सम्बन्धि सुसेलीहरू प्रस्तुत गर्दै आमाको महत्त्वका विषयमा व्याख्या गर्नुभयो ।

यसरी दुईजना विशिष्ट अतिथि लगायत १८ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै आमाहरूमा समर्पित सुसेलीको कार्यक्रम भव्य तथा सभ्य तवर बाट सु-सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्दै कार्यक्रमका सभापति भमरकोटेले सुसेली विधाले गर्दै गरेको प्रगतिमा पुस्तक लेखेर योगदान गर्ने कवि साहित्यकारहरू पाँचौ वार्षिकोत्सबमा सम्मानित हुनुभएकोमा सबै सुसेली पुस्तकका लेखकलाई बधाई र आगामी दिनहरूमा पनि सुसेलीका पुस्तक लेख्नेहरू नै सम्मानित हुने कुरा जानकारी गराउँदै सहयोगी सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभयो ।

कार्यक्रममा उपस्थित र सहभागी कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, उत्तम बिचार भेटुवाल, चन्द्रा न्यौपाने,  वासुदेव ठकुरी, उर्मिला पन्त, चन्द्रावती अधिकारी, घनश्याम पौडेल, ललिता दोषी,इन्दिरा रेग्मी, नवीन खड्का, श्याम परियार, पूनम घिमिरे, रामशरण न्यौपाने, तारा घिमिरे । हावा हुरी र वर्षाका कारण नेटले साथ नदिएर केही कविहरू उपस्थित हुन नसकेर वाचन गर्न असमर्थ हुनुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend