logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

चुचेमारा हिमाललाई साक्षी राखी  राराको भ्रमण गरि फर्क्यो साहित्यकारको टोलि


  • जन आकाश
  • सोमबार, बैशाख १८ २०८०

काठमाडौ । रारातालमा कृति विमोचन गर्ने उदेश्यका साथ चार साहित्यकारहरुको टोली  यहि मिति २०८०/१ /९ गते काठमाडौ देखि रारासम्मको यात्रामा निस्केको थियो
उक्त यात्राको आयोजना अविरल मुक्तक  यात्रा परिवारले गरेको थियो ।



सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली साहित्य समाजका पदाधिकारीहरुले काठमाडौ बाट गएका चार सर्जकलाई  स्वागत  गर्नुका साथै साहित्य कार्यक्रम आयोजना गरेका थिए  ।

प्राकृतिक छ्टाले भरिपुर्ण  सुन्दर  चुचेमारा हिमाललाई साक्षी राखी  राराको आँगनमा २०८०/१/११ गते रारा ताल परिसरमा कृति विमोचन भएको थियो ।

चार जना स्रष्टाको चार कृतिमा -रुद्र अधिकारीको मुक्तक सङ्ग्रह शून्य गगन, विष्णु थापा विछोडको मुक्तक सङ्ग्रह जीवनको लय ,लव खड्का जय भद्रकालीको मुक्तक सङ्ग्रह कैवल्य र रविन्द्र आशिष शैलीको कविता सङ्ग्रह हिंडिरहेका आँखाहरू  विमोचन भएका थिए।

कृतिकार आफैले आफ्नो  आफ्नो कृति विमोचन गरिएको उक्त कार्यक्रम एतिहासिक तथा साहित्य क्षेत्रमा नौलो आयामको रुपमा हेरिएको छ ।

नयाँ  परिवेशमा नौलो प्रयोग गरिएको उक्त कार्यक्रम सायदै पहिलो कार्यक्रम भएको  अविरल मुक्तक यात्राका सम्योजक तथा अध्यक्ष रुद्र अधिकारीले दावी गर्नु भएको छ ।

सुन्दर उपत्यका सुर्खेत हुँदै  दैलेख, कालिकोट , जुम्ला हुँदै मुगुमा रहेको राराताल  सडक बाटो प्रयोग गरी सजिलै पुग्न सकिन्छ ।

कर्णाली नदिको तिर, सुन्दर उपत्यका जुम्ला , पहाडी बजार कालिकोट र खस भाषाको उद्गम स्थल सिंजा उपत्यका साथै सुर्खेत वीरेन्द्रनगरमा रहेको रमणीय स्थल काक्क्रे विहार, गंगामाला देउतीबजै साथै बुल्बुल तालको समेत अवलोकन गरी फर्कने दिनमा वुलवुल ताल परिसरमा   कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी र  उपाध्यक्ष देवकी तिमिल्सिना द्वयले  सम्योजन गरी साहित्यिक कार्यक्रम आयोजना गरी विदाई समेत  गर्नुभएको थियो ।

रारामा कृति विमोचन  साहित्यिक यात्रा  कार्यक्रम १५ गते काठमाडौ आएर समापन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend