logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नवराज न्यौपानेको नयाँ गीत बजारमा सार्वजनिक


  • जन आकाश
  • मंगलबार, बैशाख १९ २०८०

काठमाडौं । गीतकार नवराज न्यौपानेको नयाँ गीत ‘जाली परदेशी’ श्रोता दर्शकमाझ आएको छ । आलिफ खान र रचना रिमालको स्वर, राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।



केशवराज भट्टको निर्देशन ,कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा बाल कलाकारमा  रिवसोन न्यौपानेको अभिनय छ । लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ ।

निशा न्यौपानेले निर्माण गर्नुभएको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend