logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल प्रज्ञाप्रतिष्ठानको पाँच बुँदे रारा घोषणापत्र


  • जन आकाश
  • मंगलबार, बैशाख १९ २०८०

मुगु,रारा । रैथाने संस्कृति र प्राकृतिक सौन्दर्यको अध्ययन तथा अवलोकन गर्ने उद्धेश्यले नेपाल प्रज्ञा- प्रतिष्ठान,प्राज्ञ परिषद् रारा ताल पुगेको छ।



।यसैक्रममा “सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा- प्रतिष्ठान ” भन्ने मूल नाराका साथ रारा तालको किनारामा पहिलोपटक नेपाल प्रज्ञा-प्रतिष्ठान, प्राज्ञ परिषद्को ऐतिहासिक बैठक माननीय कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भयो ।यस बैठकले ५ बुँदे रारा घोषणापत्र-२०८०साल,बैशाख १८ ,मङ्गलवार निम्नअनुसार जारी गरेको छ। १) नेपालको भाषिक र सांस्कृतिक विविधतालाई आत्मैदेखि स्वीकार गर्दै नेपाल प्रज्ञा -प्रतिष्ठानलाई सबैको साझा थलो बनाइनेछ।
२) सङ्घीय गणतन्त्र नेपालको मूल्य र मान्यतालाई आत्मसात् गर्दै परिवर्तनको सौन्दर्यलाई स्थापित गरिने छ ।

३) प्राज्ञ र प्राज्ञिक कर्मको जग उच्च नैतिकता, स्वच्छ संस्कार र छविको हुने हुनाले सोही अनुसारको कर्मलाई अनुसरण गरिने छ / गराइने छ ।

४) ज्ञानका बहुविध क्षेत्र र स्रोतहरूका बहस,अध्ययन, अनुसन्धान र अभ्यासहरूलाई बढी जोड दिइनेछ ।

५) आजको युगमा प्रश्न जुनसुकै क्षेत्र, तहतप्कामा आवश्यक छ ।

प्रश्न नै समाज रूपान्तरणको पहिलो आधार हो । त्यसैले प्रश्न आफैँसँग पनि गरिने छ । प्रश्नसँग सँगै काम गरिनेछ ।
उपर्युक्त” ५ बुँदे रारा घोषणापत्र “नेपाल प्रज्ञा-प्रतिष्ठानको उच्च प्राज्ञिक खोज -अनुसन्धानका लागि एक कोशेढुङ्गा साबित हुनेमा आफू आश्वस्त रहेको कुरा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend