logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै


  • जन आकाश
  • बुधबार, बैशाख २० २०८०

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् ।



दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ । रङ्गशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लब र चर्च ब्वाइज क्लवबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स र चर्च ब्वाइजबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

रङ्गशालामै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र मनाङबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । यस्तै च्यासल मैदानमा रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend