जन आकाश
काठमाडौ । नापोलीले ३३ वर्षपछि पहिलो इटालियन सिरी एको उपाधि जितेको छ । उडिनेसेसँग लिगको ३३औं खेलमा बराबरी खेलेपछि नापोलीको ५ खेलअघि उपाधि पक्का भयो ।
दोस्रो स्थानको लाजियोभन्दा १६ अंकले अघि रहेपछि नापोलीले ५ खेलअघि उपाधि जितेको हो । शीर्ष नापोलीको ३३ खेलबाट ८० अंक छ भने लाजियोको ६४ अंक छ ।
नापोलीले अन्तिम पटक १९९० मा उपाधि जितेको थियो नेपोलीले तेस्रो सिरी ए उपाधि जितेको हो । नापोलीले यसअघिका दुई उपाधि अर्जेन्टिनाका दिग्गज म्याराडोनाको समयमा १९८७ र १९९० मा उपाधि जितेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend