जन आकाश
बिनोद कार्की ।
काठमाडौ । मनभरी सपना सजाउने पिडा बोकेर पासपोटको खोजीमा हिड्ने ठाउँ काठमाडौ सहर त्यो भन्दा प्यारो मेरो गाउँघर ।
गोकुलगंगा गाउँपालिका
गोकुलगंगा गाउँपालिका रामेछाप जिल्लाको उत्तर (पूर्वी ) पहाडी भूभागमा अवस्थित प्राकृतिक र सांस्कृतिकरुपमा सुन्दर र हराभरा भएको क्षेत्र हो । यो क्षेत्रका मानिसहरु पशुपालन, तरकारी तथा फलफुल खेती जडिबुटीबाट दैनिक जिवन चलाइरहेका छन् ।
यो ठाउँमा पर्यटकीय क्षेत्रका रुपमा चिनाउन सक्ने थुप्रै स्थानहरु रहेका छन् । जस्तै तिमध्य पाँचपोखरी ,जटृापोखरी जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण छ । समुन्द्र सतहदेखि करिब चार हजार दुइ सय पचास मिटर उचाइमा रहेको जटृापोखरी,पाँचपोखरी हिमाली क्षेत्र हो । यहाँ विशेष गरेर फागुनदेखि जेठसम्म जंगलमा फुलेका लालीगुराँसले सबैको मन लोभ्याउँछ ।
यो सिजनमा गर्जाङको माथिल्लो भेग जस्तै पानीपाखा ,मानी डाँडामा मन लोभ्याउने लालीगुँरास र चिम्लको फुल देख्न पाइन्छ । यति मात्र होइन, गुराँस, साल, सल्लो र काफलसमेत एकै स्थानमा भेटिन्छन् ।
“तराईको प्रचण्ड गर्मी छल्न आन्तरिक पर्यटकलाई यता आकर्षित गर्न सके थुप्रै सम्भावना बोकेको ठाउँ हो यो ,यसका लागि थप प्रचारप्रसार र गीत संगीत , म्युजिक भिडियो मार्फत यहाँका मनोरम दृश्य खिचेर नेपाल भरी फैलाउन सकियो भने हजारौको संख्यामा दैनिक पर्यटन भित्रयाउन सक्ने सम्भावना रहेको छ । ” यसका लागी पालिकाले थप पहल गर्नु पर्ने देखिन्छ ।
यस क्षेत्रमा सडकको सहज पहुँच मात्र विस्तार हुन सके दैनिक हजारौ आन्तरिक र बाह्य पर्यटकहरूको आगमन हुने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend