जन आकाश
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
छैटौँ जित निकाल्ने योजनासहित मैदानमा उत्रन लागेको मछिन्द्र १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ भने समान १४ खेलवाट १९ अंक जोडेर नवौँ स्थानको एपीएफ पनि छैटौ जितका लागि मैदानमा उत्रँदैछ ।
यसैगरी, एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल हुनेछ । सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend