logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


  • जन आकाश
  • सोमबार, बैशाख २५ २०८०

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । जारी लिगको १६औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ ।



सोमवार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

जारी लिगको १५औँ चरणका खेल सम्पन्न हुदाँ फ्रेण्ड्स क्लब १६ अंकसहित १३ औँ स्थानमा छ भने खुमलटार १७ अंकसहित १२औँ स्थानमा छ । यसैगरी दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आमुने सामुने हुनेछ । सो खेल एन्फा क्लब सातदोबाटोमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend