जन आकाश
बिनोद कार्की ।
काठमाडौ । समाजमा रहेको समसामयिक बिषयमा आधारित कथा वस्तु रहेको माईला टेलि -सिरियलले दर्शकको मन जित्न सफल भएको छ ।
उक्त सिरियलका निर्देशन/निर्माता / लेख्न/ गणेश बाबू बिक रहेका छन् । शुरुदेखि नै निरन्तररुपमा Gbk Entertainment युट्युब च्यानलबाट प्रसारण हुँदै आएको माईला टेली-सिरियलले “नेपाली समाजमा रहेका बिबिध पक्षहरुलाई समय र परिस्थिति अनुसार गम्भीर तथा हाँस्य ब्याग्यात्मक तरिकाले प्रस्तुत गर्दै आईरहेको छ ।
कलाकारी क्षेत्रमा लामो अनुभव बोकेका बिक लामो समयदेखि म्युजिक भिडियो ,सिरियल , सट मूभी , गायन क्षेत्रमा समेत ब्यस्थ हुँदै आएका छन् । नारीको पिडालाई लिएर बनाइएको माईला टेली- सिरियलले हरेक हप्ता दर्शकलाइ एउट शन्देस दिएर जाने गर्दछ । दर्शकले आलोचन गर्दै कमेन्टमा लेख्छन् माईलाको अर्काे हप्ता बिवाह भएको हेर्ने मन छ । यो क्षेत्रबाट जीवन चलाउन गारो छ । दर्शकको मायाँले यो क्षेत्र छोड्न सकेको छैन् यसै सिरियलका निर्देशक गणेश बाबू बिक बताउँछन् ।
यस सिरियलमा १५ जना भन्दा बढी कलाकारको अभिनय शसक्त रुपमा दिख्न सकिन्छ । परिकल्पना गणेश बाबू बिक रहेको उक्त सिरियलमा थुप्रै कलाकारहरुको फरक -फरक अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।
कलाकारहरु गणेश बाबू बिक (माईला ) आशा बिक , गोमा न्यौपाने , रोवन मगर , बिनिता अछामी , बिनोद कार्की ,केबि पौडेल , सम्झना अधिकारी ,पर्शु श्रेष्ठ ,शिवराज शर्मा , भुमिका गिरी ,भिमा सुनुवार, अनिसा नानु, दिपेन बेसी र गोठे बुढो लगायत अन्य नयाँ पुराना कलाकार सहित १५ जना भन्दा बढी कलाकारको अभिनय रहेको माईला टेली -सिरियल ४८ औ श्रृखलाबाट कथावस्तुमा थप पृथकिकरणका साथै केही नयाँ तथा पुराना कलाकारहरु समेत थपिने सिरियलकका निर्देशक गणेश बाबू बिक जन आकाश मिडियासँग बताउँछन् ।
उक्त सिरियलमा नयाँ तथा पुराना कलाकरको अभिनय शशक्त रुपमा देख्न पाईन्छ । समग्रमा हेर्दा यो सिरियलमा धेरै मेहनतका साथ कलाकारहरुको अभिनय र उत्तिकै मेहनती निर्देशन तथा सम्पादनको भुमिका देख्न पाइन्छ । ”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend