जन आकाश
काठमाडौं । बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा हुने छैटौं ‘बीएनए कप अन्तर विद्यालय बास्केट बल प्रतियोगिता’ मा ४८ टोलीको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको सिनियर छात्र स्पर्धामा २४ र जुनियर छात्र स्पर्धामा १२ टोलीको सहभागिता रहने छ ।
सिनियर छात्र स्पर्धामा सहभागी टोलीलाई ८ समूह तथा बाँकी स्पर्धामा सहभागी टोलीलाई ४-४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । सिनियर छात्र स्पर्धाको खेल थ्री बाई थ्री ढाँचामा खेलाइने छ ।
एक साता चल्ने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने जानकारी बीएनएका संयोजक सन्तोष फुयाँलले दिए । प्रतियोगिताका खेलहरु बसुन्धरास्थित आयोजक विद्यालयको कोर्टमा खेलाइने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend