जन आकाश
काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन-जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जहाँबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।
आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको पहिलो खेलमा बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको छ । यसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ र दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको छ ।
१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेले १० टोली सम्मिलिति छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend