logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

फिल्म “डाकिनी ” जेठ ५ गतेदेखि प्रदर्शन हुँदै


  • जन आकाश
  • बुधबार, बैशाख २७ २०८०

काठमाडौ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको फिल्म डाकिनी नेपाली हलमा प्रदर्शन हुने भएको छ ।



यो फिल्म जेठ ५ गतेदेखि हलमा प्रदर्शन हुन लागेको हो । षट्कोण आर्टस् ब्यानरबाट निर्मित फिल्मको अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ दिइएको छ ।

यो फिल्म सीमित नेपाली मल्टिप्लेक्स हलमा रिलिज हुने बताइएको छ । खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)  ले निर्देशन गरेको फिल्मका निर्माता रविन्द्रसिंह बानियाँ र म्याक्स दिपेश खत्री हुन् । निर्देशक रिम्पोछे बौद्ध धर्मका ठूला गुरू समेत हुन् ।

फिल्म रिलिज गर्न अमेरिकाबाट नेपाल आउन लागेका रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो)  विषयमा मास्टरक्लास पनि दिनेछन् ।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो फिल्म पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको सुन्दर आयामलाई बाहिर ल्याउँछ   ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend