जन आकाश
मानिसहरु शहर, विदेश, अन्य सुविधायुक्त क्षेत्रमा बसाई सराई गरेर गएका छन् । विशेष गरेर पाहाडी र हिमाली क्षेत्रका मानिसहरु अन्यत्र जाने क्रम रोकिएको छैन । यसले गाउँहरु रित्ता बन्दै गईहरेका छन् । बाकी रहेका बृद्धाबृद्धाहरु मात्र गाउमा भेटिने गरेका छन् । यतिवेला ति बृद्धाबृद्धाहरुले विरामी पर्दा, गाउमा कुनै काज भोज हुदा समेत सक्रीय जनशक्तिको अभावमा मानवीय साहायत पाउनवाट बञ्चि भईरहेका छन् ।
यसरी गाउँ रित्तिदै जानु एकातिर अर्कोतर्फ ति गाउँमा बसोबास गरिरहेका बृद्धाबृद्धाहरुको छोराछोरीले सम्पति कमाएर सुविधा सम्पन्न देशमा वा शहरमा लान खोज्दा पनि कुनैवेला दुखः गरेर कमाई गरिरहेका वारी दुखः गरेर आफैले बनाएको घर, असल छिमेकी छोडेर जान नमान्ने जस्ता कारणहरु हुदा ति बृद्धाबृद्धाको मानवीयतामा समस्या आउन थालेको छ ।
त्यसकारण रित्ता बन्दै गएका गाउँहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ । अध्ययन गरेर नीति तर्जुमा गरी तत्काल काम थाल्नुपर्ने देखिन्छ । यदि त्यसो गर्न सकिएन भने आउदा दिनमा त्यस हिमाली र पाहाडी क्षेत्रमा बसोबास गर्दै आएका बृद्धाबृद्धाहरुको अवस्था निक्कै नाजुक हुने देखिन्छ ।
त्यसैले सम्बन्धित निकायले मानव बस्न योग्य क्षेत्रहरुमा युवापुस्तााहरुको लागि आम्दानीको स्रोत त्यहाको विकासका योजनाहरु अगाडी बढाएर हुन्छ । वा सेवा सुविधा थपेर हुन्छ आकार्षणयुक्त कार्यक्रम नै अगाडी बढाएर काम थालिहाल्नुपर्ने देखिन्छ । त्यसो गर्दा प्रत्यक्ष त्याहाका युवाहरु त्यही नै व्यस्त हुने आम्दानी हुने र आफ्ना बुबा, आमा, दाजुभाई छरछिमेकमा बस्न सकुन ।
यस्ता योजनाहरु राम्रोसँग अध्ययन गरी काम गरेर पलायन भएका युवा पुस्तालाई गाउ घरमा बसेर मनग्य आम्दानी गर्न सकिने वातावरण सम्बन्धित निकायले बनाउन सकेको खण्डमा गाउ फर्क अभियानले सफलता पाउन सक्छ । त्यस्तो आधार अहिलेसम्मका कुनैपनि सरकारहरुले गर्न सकेका छैनन् ।
बर्तमान सरकारले स्थानीयस्तरमा उद्योग कलकारखाना, खानी उत्खनन्, व्यवस्थित बस्तीको अवधारणा, बृहत कृषिको योजना, अधिक विद्युतको उत्पादन, सस्तो विधुत वितरण, पर्यटनको लागि भौतिक पुर्वाधारको विकास जस्ता कार्यक्रम तत्काल अघि सारेर काम गर्ने र त्यसै ठाउका स्थानीयलाई पहिलो प्रथामिकतामा राखी काम गर्ने वातावरण बनाउनु पर्छ । यस्तो काम स्थानीय निकाय, प्रदेश र संघले एक अर्कामा समन्वय गरी गर्न सक्छन् ।
यस्ता सामान्य भन्दा सामान्य काम गर्ने वातावरण बनाई स्थानीय तहका भौगोलिक बिकटता भएका क्षेत्रहरुमा विशेष योजना बनाई काम गरेर नेपालका रित्ता बन्दै गएका गाउँ र त्यस गाउँमा बसोबास गर्ने बृद्धाबृद्धाहरु जोखिममा पर्दै गएको अवस्थालाई न्युनिकरण गर्न तत्काल योजना बनाई गाउँमा युवालाई फर्काउने वातावरण बनाउन सक्नुपर्छ । यो काम सकारकारले तत्कालै थाल्न सक्नुपर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend