जन आकाश
जयराम बिडारी
काठमाडौ । शताब्दी साहित्य प्रतिष्ठान तथा इण्डिगो इन्क प्रकाशनका को आयोजनामा नेपाली साहित्यिक क्ष्रेत्रमा अनवरत तल्लिन रही कथा,कविता ,गीत, मुक्तक , हाइकु लेखि साहित्यका बिबिध बिधामा कलम चलाइरहेकी साहित्यकार अन्जना पौडेलको उपन्यास ‘’चरिमाइ ‘’ नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बिशेष कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।

कवि तथा समालोचक प्रा. डा. बेन्जु शर्माको प्रमुख आतिथ्यता तथा शताब्दी साहित्य प्रतिष्ठानकी उपाध्यक्ष रन्जु दाहालको सभापतित्व एवं बिशेष अतिथी कथाकार प्राज्ञ माया ठकुरी , तथा प्रा. डा. ज्ञानु पाण्डे , बिश्लेशक ज्ञाननिष्ठ ज्ञवाली एवं साहित्यकार बम बहादुर थापा जितालीको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रमुख अतिथी लगायत सभाध्यक्षले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरि औपचारिक रुपमा शुरू गरिएको उक्त कार्यक्रममा अतिथीहरुलाइ रुद्राक्षको माला खादा लगायतले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा समालोचक तथा साहित्यकार तर्कना शर्मा द्वारा स्वागत मन्तव्य राखिएको थियो ।
कार्यक्रममा औपन्यासिक कृति बारे प्रकाश पार्दै प्रा.ज्ञाननिष्ठ ज्ञवालीले अक्षरको खेतीका क्रममा सृजनाको माध्यमबाट उचित शिल्पको प्रयोग गरेर अन्जना पौडेलले पाठकलाइ जीवन जगत् र समाज बदल्नका लागि चेतनाको बिकाश हुनुपर्ने अनि मात्रै मानव तश्करका रुपमा रहेका सामाजिक रोगबाट उन्मुक्तिका लागि सफल हुने बिचार ब्यक्त गरेका छन् ।
मन्तव्यका क्रममा अर्का बक्ता प्रा. डा. ज्ञानु पाण्डेले अन्जना पौडेलको उपन्यास स्थलगत रुपमा अध्ययन गरेर लेखिएको उपन्यासको रुपमा रहेकोले यसक कथानकको प्रमुख उद्देश्य समाज बदल्ने कर्म निरंतर चलिरहनु पर्ने बताउंदै सामाजिक आर्थिक र बौद्धिक रुपमा बिपन्न र सामाजिक महारोगका रुपमा ब्याप्त रहेको चेलीबेटी बेचबिखनका बिषयबस्तुलाइ कथानकका रुपमा प्रस्तुत गरिएको उक्त उपन्यास नेपाली साहित्यिक क्षेत्रका लागि साथै खोमूलक र तथ्यात्मक जानकारीका लागि उपयोगी हुने बताएकी छन् ।
यसैक्रममा बिद्यावारिधि का क्रममा रहेकी उपन्यासकार अन्जना पौडेलले चेतनास्तरको कमिको साथै आर्थिक र सामाजिक कमजोरीका कारण आफ्ना बाटै बम्वैमा बेचिएका हजारौँ दिदिबहिनीहरुको न्यायको लागि तीनको सामाजिक आर्थिक सम्मानका लागि ’’चरिमाइ’’ लेखिएको बताउंदै स्वतंत्र रुपमा जन्मिएका मानिस समाजले अनैतिक र कानूनले दण्डनीय मानेको गैरकानूनी क्षेत्रमा शरीरको ब्यापार गरेर नारकीय जीवन बांच्नु परेका ती हज्जारौं नारीप्रतिको ज़िम्मेवारी र कर्तव्यका लागि ‘’ चरिमाई ‘’लेखिएको तर राजनैतिक पहुँच र आर्थिक सम्पन्नताका कारण अपराधबाट उम्किने समाजका अपराधी आफ्नो उपन्यासको केन्द्रबिन्दु रहेको बताएकी छन् ।
उक्त कार्यक्रममा कथाकार तथा प्राज्ञ माया ठकुरीले औपन्यासिक कथानक समाजको लागि जघन्य अपराध हुंदा हुंदै पनि सामान्य रुपमा बुझिनु नहुने बताउंदै समाजमा पाप र धर्मको ख्याल नहुंदा यस्ता मानव तश्करी तथा बेचबिखनका बिषयबस्तुलाइ समेत सामान्य रुपमा ब्यवहार गरिएको तर उपन्यासकार पौडेलले यस्ता सामाजिक बिषयबस्तुमा कलम चलाएर सामाजिक उत्तरदायित्व निभाएकोमा उनको प्रशंसा गर्दै किर्ति सफलताको कामना गरेकी छन् ।कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेकी प्राज्ञ बेन्जु शर्माले दैनिक रुपमा सुनिने पढिने हिंसा र बलात्कार तथा मानव बेचबिखनका बिषयमा खोजमुलक र सशक्त रुपमा कलम कलम चलाएर उपन्यासको रुपमा आउनु समाज सुशुचित हुने अवशर समेत हो भन्दै चरिमाइ उपन्यासले नेपाली पाठकहरुको मन तान्न मद्धत गर्ने बिश्वास गर्दै किर्ति सफलताको शुभकामना ब्यक्त गरेकी छन् ।
कार्यक्रममा सयौं साहित्यकार हरुको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend