logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नक्कली शणार्थी बनाउने/ बन्ने दुवैथरीलाई कारवााही होस्


  • जन आकाश
  • सोमबार, जेष्ठ १ २०८०

घुस लिनु र दिनु राष्ट्रका शत्रु हुन”स्वर्गीय श्री ५ बडामहाराज धिराज पृथ्वि नारायण बिर बिक्रम शाहको भनाई हो यो । यतिवेला नेपालमा नक्कली भुटानी शणार्थी बनाएर अमेरिकामा नेपालीलाई पठाएको बिषयले देश तातेको छ । गृह सचीव, पूर्व गृहमन्त्री पक्राउ परिसकेका छन् भने कतिपय उच्च ओहोदाका व्यक्तिहरु उक्त काण्डमा मुछिएका छन् । देशमा हल्ला खल्ला निक्कै हुन थालेको छ । तर उता अमेरिका पुगिसकेका नक्कली भुटानी बन्न सफल नागरिकहरुको वारेमा कुनै कुरा उठेको छैन ।



यदि यस्तो नक्कली भुटानी बनेर अमेरिका जाने जो कसैलाई पनि सरकारले कारवाही गर्नुपर्छ । ति अवैध ढंगवाट गएका नागरिकलाई पनि नेपाल ल्याएर कारवाही गर्न नेपाल सरकारले अमेरिकासँग पहल थाल्नुपर्छ । त्यसो गर्न सकियो भने मात्र नक्कली शणर्थीको काण्डमा भएको भ्रष्टाचारको तर्क सार्थकतामा परिणत हुन्छ ।

नक्कली काम गर्ने जो कोही मानिस दण्डनीय हुनैपर्छ । चाहे त्यो सामान्य नागरिक होस् । चाहे त्यो उच्च ओहोदामा बसेको मानिस नै किन नहोस् । घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन् त्यसैले दुवैलाई कारवाही हुनुपर्छ ।

अचेल कारवाहीका नाममा एनजिओकारण गरिदै एउटा एनजिओकर्मीले जो कसैलाई फसाउन चाहयो भने सजिलै सक्ने प्रचलन पनि नेपालमा बढ्दै गएको छ । केही थान हजारका नोट फोटोकपी गर्ने र अख्तियारलाई नाटकीय रुपमा घुस माग्यो भनेर खवर गर्ने अख्तियारका टिम पनि उक्त बदनियतपुर्ण भएको कार्यक्षेत्र पुग्ने र निर्धोषलाई समेत फसाउने घटना बढेको छ । लोकतान्त्रिक नामको व्यवस्थामा राष्ट्रियस्तरका चलाख फटाहरुले र अन्तरष्ट्रिय शक्तिका आडमा नेपालमा अप्रत्यक्ष डलरमा भत्ता बुझ्नेहरुले चलाएका मिशनहरुले नेपाल देशमा हुइम ल्याई हल्लाबाजी गर्ने र सोजा इमानदार समेत फसेका घटना वेलावेला सुन्न थालिएको छ ।

त्यस्तै यो शणार्थी प्रकरण पनि नेपालको अनुसन्धान विभागले प्राप्त गरेको रिर्पोटको आधारमा हल्ला खल्ला गरिएको होइन । विदेशी कुनै संस्थाले दिएको रिपोर्टको आधारमा उक्त प्रकरण सतहमा आएको मानिएको छ । त्यसकारण नेपालको संवैधानि सर्वभौमसत्ता सम्पन्न राष्ट्र भएको हुनाले यस्ता बेला बेलामा आउने स्टण्डले नेपालका स्याल हुइयामा कुदने समुदायलाई प्रभावित पार्न सक्छ । भिमसेन थापाले सेरिएर मर्नुपरेका देश भनेर कथामा पढ्न पाइन्छ । सतीले सरापेको देश भनेर पनि पढ्न पाइन्छ । यस्ता चलनहरु आजसम्म बचाउने काम यिनै बढि परिवर्तनकारी हु भन्नेहरुले विदेशी सस्कार ल्याउने तर नेपालको मौलिक वास्तविक धरातललाई कहिल्यै नउठाउने रहेको छ । त्यसको असर अहिलेसम्म आईपुगेको छ ।

त्यसकारण नेपालमा हुने हल्ला स्टण्डहरु के हुन केका लागि हुदैछन् । भन्ने कुराको राम्रोसँग अध्ययन नगरी त्यसैको पछि लाग्नु हतारो गर्नु राष्ट्रको लागि हित हुदैन । राष्ट्रको बिषयमा जोडिने सन्दर्भहरु हतार नगरी सत्य, तथ्यको आधारमा प्रष्ट भएर तथ्य एकिन भईसकेपछि मात्र निर्णयमा पुग्नु राम्रो हुन्छ । अहिले शणार्थीको नक्कली शणर्थीको बिषयमा अध्ययन भइरहेको वेला जुलुस, धर्ना, अराजक अफवाह गर्नु सावधान होइन ।

अचेल सदन देखि सडकसम्म सस्तो लोकप्रीयताको लागि गरिने हर्कतहरु अपरिपक्कताको पराकाष्टका रुप बनेका छन् । राजनीतिक स्वार्थका लागि कुनैपनि पार्टीहरुले सभ्य भएर काम गरेको देखिदैन ।
यस्ता दुषित राजनीतिक पार्टीहरुभन्दा फरक खालको व्यवस्था नेपाल देशका जनताले खोज्नुपर्ने वेला भएको पो हो की ?

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend