logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सितेरियो करातेले अन्तराष्ट्रिय दुईदिने प्रतियोगिता गराउदै


  • जन आकाश
  • सोमबार, जेष्ठ १ २०८०

काठमाडौ । नेपाल सितेरियो कराते संघ जिल्ला शाखा डोजो एस इन्टरनेशनल खेडानिको आयोजनामा डाजो नेपाल प्रतियोगिता शुरु भएको छ ।



कोटेश्वरको होटल ए–वान भेनुमा सञ्चालित प्रतियोगितामा भारतको बिभिन्न स्थानवाट आएका १२० खेलाडी त्यसैगरी नेपालको आयोजक टिमसहित बिभिन्न स्कुल डोजोवाट आउका २५० गरी कुल ३७० जना प्रतियोगी बीच बर्ष समुहमा बिभाजन गरी खेलाइदै छ । छात्रा छात्रा तर्फ ५,६,७,८,९,१०,११ र १२ उमेर समुहमा खेलाईले आयोजकले जानकारी दिएको छ ।

त्यसैगरी सिनियरको पुरुष तर्फ ५०,५५,६०,६७,७५ खुल्ला समुहमा रहेका छन् । सिनियर महिला तर्फ ४०,४५,५५, खुल्ला ६० रहेका छन् । खुल्ला काता तर्फ ५–१२ र १–१४ बर्ष उमेर समुहका रहेका छन् ।

दुइदिनसम्म चल्ने प्रतियोगितामा कुल ४५ स्वर्ण ४५ रजत र ९० कास्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend