जन आकाश
काठमाडौ । सितोरियो कराँते संघको शाखा डोजो एम्स इन्टरनेश्नल एकेडेमि कोटेश्वरले ३१ बैशाष देखि जेष्ठ २ गते सम्म आयोजना गरेको ईन्डो नेपाल अन्तर्राष्ट्रिय कराँते प्रयिोगिता तीन दिन सम्म संचालन भएको थियो ।

होटल ए वान भेनु कोटेश्वरमा संचालन भएको प्रतियोगितामा नेपाल र भारतको विभिन्न डोजो र स्कुलबाट आएका ३७० खेलाडी विच प्रतिशर्पर्धा भएको थियो । उक्त प्रतियोगितामा सुप्रिम मोडल ईङ्गलिस स्कुलका खेलाडीले उच्चा प्रर्दशन गरेको विद्यालयका प्रमुख प्रशिक्षक साईला गमालले बताउनु भयो ।
जुनियर ९ वर्ष उमेर समुह तर्फको सुप्रिम मोडल स्कुलका नोभ दाहालले उत्कृष्ट खेल प्रर्दशन गर्दै स्वर्ण पदक जित्न सफल हुदा उत्कृष्ट खेल प्रर्दशन गरेका रोजल कार्की रजत सुदर्शन सारु मगर र सेरिम राना मगर कास्य पदकमा चित्त बुझाएका थिए ।
तीन दिनसम्म संचालित प्रतियोगितामा स्कुलका टिम मेनेजर प्रजिता मान्नधर टिम कोच सोवी थापा मगरले आयोजनामा विद्यालयका विद्यार्थी खेलाडीले सोचे भन्दा निकै उत्कृष्ट र दह्रो कला प्रर्दशन गरेकोे बताउनु भयो साथै अउदो प्रतियोगितामा पढाईसँगै कराँते खेललाई पनि अझ उच्चा तयारि गर्ने समेत बताउनु भयो ।
प्रतियोगिताको आठ वर्ष उमेर समुह तर्फ गगन दाहालले रजत पदक जित्न सफल हुदा इदेश सिटौला कास्यमा नै रोकिए ।
दश वर्ष उमेर तर्फ संगम तामाङ सदिक्षा राना भाट आकृति के.सिले कास्य पदक जित्न सफल भएका थिए ।
१२ वर्ष उमेर समुह तर्फ इभा सिटौला र १२ वर्ष उमेर समुहमा भुमिन्नदा जैसिले पनि कास्य पदक नै जित्न सफल भएका थिए । सुप्रिम मोडल ईङ्गलिस स्कुलले एक स्वर्ण दुई रजत र आठ कास्य सहित कुल ११ पदक जितेको स्कुलका प्रिनसिपल सोविता खत्रीले बताउनु भयो ।
केन्द्रीय डोजोेलाई गमालले दिलाए स्वर्ण
यसै प्रतियोगितामा नेपाल सितोरियो कराँते संघ केन्द्रीय डोजोका प्रविन गमालले १२ वर्ष उमेर समुहमा स्वर्ण पदक जित्न सफल भए त्यसै गरी अम्रान गमालले पनि स्वर्ण पदक जित्न अंकित थकुरी कास्य जित्न सफल भएका थिए ।
६ वर्ष उमेर तर्फ अरोन कपालीले रजत जित्दा क्रिस्मा दाहाल स्वायता कार्कीले कास्य पदक हात परेका थिए । १० वर्ष उमेर तर्फ अशिस बराईलि र अंकित खडकाले पनि कास्य पदकमा नै चित्त बुझाउनु परेको थियो । ११ वर्ष तर्फ साईमन थापा पनि कास्यमा नै रोकिएका थिए ।
त्यसै गरि सिनियर तौल समुह तर्फ ५० के.जीमा बिक्रम राईले कास्य ५५ के.जीमा स्वार्निम सिङ्ग कार्की कास्य त्यसै गरी ६५ के.जी तर्फ विक्रम सुनुवारले रजत पदक जित्न सफल भएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend