logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जेठ १५ देखि महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु


  • जन आकाश
  • सोमबार, जेष्ठ ८ २०८०

काठमाडौं । मधेश प्रादेशिक क्रिकेट संघको आयोजनामा यही जेठ १५ देखि २६ गतेसम्म  महेन्द्र नारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।



महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको मुख्य सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेशका टिम सहभागी हुने आयोजकले जनाएको छ । आयोजकको प्रस्तावपछि नेपाल क्रिकेट संघ (क्यान)  ले सातै प्रदेशलाई पत्र पठाउँदै प्रदेशका टिमहरुलाई प्रतियोगितामा सहभागी गराउन आग्रह गरेको छ ।

साथै प्रतियोगिताका लागि प्रतियोगिताको खेलहरु राम जानकी बहुउदेश्यीय खेल मैदानमा खेलाइने मधेश प्रादेशिक क्रिकेट संघका सचिव आयुस श्रेष्ठले जानकारी दिए । यसअघि जिल्ला स्तरमा आयोजना भएको यस प्रतियोगिता यस पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको यो दोस्रो संस्करण हो । राष्ट्रिय टिमको क्याम्पमा रहेका खेलाडी बाहेक अन्य खेलाडीहरु प्रतियोगितामा सहभागी हुने श्रेष्ठले जानकारी दिए । प्रतियोगितालाई क्यानले प्राविधिक सहयोग गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend