जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा ईलेक्ट्रिक सवारी साधनहरु प्रति सवारी सेवाग्रहीको अकर्षण बढ्दो छ । कुनैवेला सवारी भनेको हुने खाने धनीमानी मानिहरुको मात्र हो भन्ने बु्झाई रहेको थियो आजको विश्वमा आएको मानवीय चेतना र नेपालको पुर्वधारको विकासमा भएको बृद्धिले आज–भोली आम नागरिकले सेवा लिने साधनको रुपमा परिचित छ । त्यसमा पनि वातावरणीय दृष्टिकोणले, नेपालको आर्थिक, ब्यापारिक सवैकोणवाट ठिक मानिने विद्युतिय सवारी साधन प्रयोगकर्ता बढिरहेका छन् ।
ति विद्युतिय सवारी साधन विदेशवाट नेपाल ल्याई विक्री गर्ने कम्पनीहरुको पनि प्रतिस्पर्धा बजारमा छ । त्यसमध्य हाल नेपालको प्रतिष्ठित कम्पनी अन्र्तगतको सिजी मोर्टस प्रा.लि.ले चिनियाँ स्टार्टअप कम्पनी होजोन अटोको उत्पादन नेटा भी, इभि भ्यान बजारमा ल्याएर बिक्री गरिरहेको छ । उक्त नेटा भि, इभि भ्यान, नेपाली ग्रहकहरुले खरिद गरेर प्रयोग पनि गरिरहेका छन् ।
यसरी विद्युतिय सवारी साधन प्रयोग गर्दा नेपालवाट डिजेल र पेट्रोलका लागि ठुुलो मात्रमा विदेश जाने रकम नोपलमा नै बस्ने नेपालको विद्युुत नै प्रयोग हुने र वातावरणको दृष्टिले राम्रो हुने र सवारी साधनमा यात्रा गर्दा लकचदार हुने र आवाज नआउने, भाइब्रेसन नाआउने, प्रेट्रोल, डिजेलको गन्द नआउने फाईदाहरु रहेको प्रयोगकर्ताहरुको भनाई छ ।
विद्युुतिय सवारी साधनको चर्जिङको समस्या रहेको केही समय अगाडी प्रयोगकर्ताहरुले गुुनासो गरेका थिए । अहिले विद्युतिय सवारी साधन बिक्री गर्दै आएका कम्पनीहरुले चार्जिङ स्टेशनहरु पनि स्थापना गर्दै लगेका छन् । सिजी मोटर्सले हाल चार्जिङ स्टेशनहरु धमाधम निर्माण गर्दै सञ्चालनमा ल्याएको छ । ६ स्थानमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ भने थप २१ वटा चर्जिङ स्टेशन धमाधम निर्माण भइरहेको कम्पनीले जानकारी दिएको छ ।
सिजी मोटर्सले देशका ७ वटै प्रदेश राजधानीसहित ठूला सहरका बिभिन्न २१ स्थानमा चार्जिङ नेटवर्क विस्तारको काम अगाडि बढाउने गरी काम भइरहेको जानकारी दिएको छ । कम्पनीले तीन चरणमा २१ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको हो ।
जसमा पहिलो चरण अन्तर्गत कोशी प्रदेशमा इटहरी, मधेश प्रदेशमा ढल्केबर, बागमती प्रदेशमा काठमाडौं, हेटौंडा र चितवन, गण्डकी प्रदेशमा पोखरामा चार्जर राख्ने छ ।
त्यसैगरी पहिलो चरणमै लुम्बिनी प्रदेशको बुटवल, कर्णालीको सुर्खेतमा समेत चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ । पहिलो चरणमा निर्माण गर्ने भनिएको स्थानमा अबको २ महिना भित्र स्टेशन संचालनमा आइसक्ने सिजी मोटर्सले उल्लेख गरेको छ ।
त्यसैगरी, दोस्रो चरणका लागि कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको मुल्कोट, लुम्बिनी प्रदेशको नेपालगन्ज र सुदूरपश्चिमको धनगढीमा चार्जर सेटअप राखिनेछ । दोस्रो चरणमा सेटअप गरिएका चार्जिङ स्टेसन अबको ६ महिना भित्रमा संचालनमा आउने कम्पनीको भनाई छ ।
कम्पनीले तेस्रो चरणमा राख्ने चार्जिङ पूर्वाधार भने अबको १ वर्ष भित्र संचालनमा ल्याउनेछ । यसका लागि स्थान भने छनोट गरिसकिएको कम्पनीको भनाई छ । कोशी प्रदेशको बिर्तामोड, मधेश प्रदेशको जनकपुर र सिमरा, बागमती प्रदेशको मुग्लिन, गण्डकी प्रदेशको बाग्लुङ र पाल्पासहित लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिमको महेन्द्रनगरमा चार्जिङ स्टेशन निर्माण गरिरहेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले बनाएको योजना अनुसार काठमाडौं, हेटौंडा, सुर्खेत, दोलखा, नेपालगन्ज र सिन्धुलीको मङ्गलटारमा चार्जिङ स्टेशन तयार भइसकेको छ । यी ६ स्थानमा रहेका चार्जिङ स्टेशन अहिले संचालनमा छन् । यसबाहेक, कम्पनीको ओखलढुङ्गामा राखेको चार्जर सेटअप भने केही दिन भित्रमा नै संचालनमा आउने बताएको छ ।
यी गन्तव्यका चार्जिङ स्टेशनबाट ईभी प्रयोगकर्ताले गाडीका लागि फास्ट डिसी चार्जरको सुविधा लिन सक्नेछन् । कम्पनीले अहिले ३० किलोवाट र ६० किलोवाटका डिसी चार्जर राखेको छ । यी स्थानमा आवश्यक परेको खण्डमा ७ किलोवाटको एसी चार्जर पनि जडान गर्ने बताएको छ । सिजीले जीबीटी र सिसिएस टु चार्जिङ गन राखेको हो ।
सिजीले ईभी कार, भ्यान दुवै थरीका सवारी साधन बिक्री गर्दै अईरहेको छ । नीजि सवारीको लागि कार, र सार्वजानिक यातायातको लागि इभि भ्यान बिक्री गर्दै आईरहेको छ । नीति कारको रुपमा प्रयोग भएका काठमाडौ लगायत ठुला शहरमा कुुदीरहेका छन् । भने हालसालै ईभि भ्यानले चितवन, हेटौडा, विरगंज, काठमाडौ–सिन्धुली, बर्दीबास क्षेत्रमा सार्वजनिक सेवा दिईरहेको छ ।
ईभि भ्यान चलाएर सेवा दिन पाएकोमा खुशीछन् चालकहरु
सिजी मोटर्स प्रा.लि.ले बिक्री गरेको ईलेक्ट्रिक भ्यानमा यात्रुलाई सेवा दिन पाउदा र आफुुपनि बातानुुकुलित चालक हुन पाउदा अत्यन्तै खुुशी भएको ईभि भ्यान चालकहरुले बताएका छन् । त्यसैमध्य हेटौडाका ईभि भ्यान चलाई रहेको अवस्थामा भेटिएका चालक बिकास कार्कीको भनाई यस्तो छ ।
“ईभि भ्यान चलाउदा चितवन देखि विरगंज पुग्दा पाच देखि छ हजार डिजेल लाग्थ्यो अहिले ईलेक्ट्रिक भ्यानमा चार्जको हिशाव त्योभन्दा सस्तो पर्ने जम्मा जम्मि ५ देखि ७ सय बराबरको चार्ज गरे पुग्ने र अर्को आफ्नो देशको पैशा विद्युुतमा आफ्नै देशमा जान्छ त्यसकारण म अत्यन्तै खुुशी छुु ” भन्दै जन आकाश मिडियासँग कुरा गर्दै प्रतिक्रिया दिएका थिए ।
त्यस्तै अर्का चालक युवराज लामाले भने “चार्जिङ स्टेशनहरु पनि थपिदै गएको र विद्युतिय सवारी साधनहरुको सामान नेपालमा नै बन्ने हुदा नेपाललाई फाइदा धेरै छ । त्यो सँगसँगै हामी चालकलाइ समेत यात्रु बोकेर हिड्दा पनि आफ्नै परिवारसँग हिडेको जस्तो अनुुभव हुने शान्त वातावरण हुन्छ । त्यसैले अत्यन्तै खुशी छु । शुरुमा विद्युतिय सवारी साधन खरिद गर्दा अलि बढी रकम लाग्ने भएपनि पछि दैनिक रुपमा किन्नुु पर्ने डिजेल, पेट्रोलको तुलनामा सस्तो पर्ने र बढी फाईदा हुने रहेछ ।” भन्दै अन्य सहकर्मीहरुलाई समेत विद्युतिय सवारी साधन खरिद गरेर चलाउन आग्रह समेत गरे ।
त्यस्तै विद्युुतिय सवारी साधनले यात्रुलाई सहज र सुुलभ सेवा दिन आफुुहरु लागि परेको छाहारी यातायात प्रा.लि.का कर्मचारी गौतम लामाको प्रतिक्रिया दिएका थिए ।
ईभि कार एण्ड हव प्रा.लि.का मेनेजरको भनाई यस्तो छ, चार्जिङ स्टेशनहरु हाम्रो प्रा.लि.ले सकेसम्म व्यस्थित गरेको छ । त्यसको अलवा सरकारले पनि बिभिन्न ठाउमा ईभि कार एण्ड भ्यान सवारी साधनहरुलाई सहज गराउन र वातावरणीय यातायात मैत्री बनाउन आग्रह गरेका छन् ।
स्मरणरहोस नेपालमा र्इंलेक्ट्रिोनिक सवारी साधन प्रयोगको लागि यातायात कार्यलय बागमतीले २०२३ भित्र २० बर्ष पुुराना सवारी साधनालाई ईलेक्ट्रिानिक सवारीले विस्थापन गर्ने नीति सार्वजनिक गरिसकेको छ । उक्त नीति लागु गर्न ईलेक्ट्रिोनिक सवारी साधनमा सरकारले आकार्षणयुक्त प्याकेजहरु प्रर्वाह गरी सहजता, सुुलभ रुपमा अधिक इलेक्ट्रिोनिक सवारीलाई प्रोत्साहन गरेमा यातायात व्यावस्था कार्यलय बागमती प्रदेशले लिएको लक्ष्य प्राप्ति हुन्छ । यसरी सुधार गर्नुपर्ने क्षेत्रहरुमा पनि सवैको ध्यान पुुग्न सकोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend