logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन


  • जन आकाश
  • मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं । हलिउड अभिनेता रे स्टिभेन्सनको इटालीमा निधन भएको छ ।



उनको पछिल्लो ऐतिहासिक फिल्म ‘१२४२ स् गेट वे टु द वेस्ट’ थियो । नेपाल, भारत लगायत मुलुकमा चाहिं उनी एसएस राजामौली निर्देशित ‘आरआरआर’ अभिनेताको रुपमा चिनिन्छन् । उनले यो दक्षिण भारतीय फिल्ममा स्टन बक्स्टन नामक खलपात्रको भूमिकामा अभिनय गरेका थिए ।

हलिउडको चर्चित मार्वल फिल्म ‘थोर’मा उनले भोलस्ट्यागको रोलमा काम गरे । उनले एनिमेटेड स्टार वार्स श्रृंखला ‘द क्लोन वार्स’ लगायतमा पनि आवाज दिएका छन् । उनी डिज्नी प्लसको आगामी फिल्म ‘अशोका’मा अभिनय गर्ने तयारीमा थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend