logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

काभा वुमन्स भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो खेल खेल्दै


  • जन आकाश
  • मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौँ । काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ । हिजोबाट सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।



प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरको नेपालले आज भारतसँग पराजित भएर आएको बङ्गलादेशसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह एमा रहेको नेपाल बङ्गलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ आज मैदानमा उत्रन लागेको हो । नेपाल र बङ्गलादेशबिचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend