logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रकृतिप्रेमी स्रष्टा पदयात्रीको ७० औं सृंखला बिभिन्न कार्यक्रम गरि सम्पन्न


  • जन आकाश
  • मंगलबार, जेष्ठ ९ २०८०

मालुंगा ,स्यांजा।  प्रकृति संग सन्निकट भइ भाषा साहित्य कला संस्कृतिमा भरपूर प्रयोग गर्ने पवित्र उद्धेश्यका साथ संस्कृतिबिद् साहित्यकार ,पत्रकार कवि तथा लेखकहरुको सामुहिक टोली स्यांजा, पर्वत र पाल्पा जिल्लाका बिभिन्न स्थानको स्थलगत भ्रमण गरि बिभिन्न स्थानमा बिविध साहित्यिक गोष्ठी,अन्तर्कृया र कार्यक्रम गरि सम्पन्न गरेको छ ।



स्यांजा र पाल्पा जिल्लाको संगमस्थल उत्तरबाहिनी जहाँ कालीगण्डकी नदी करिव ३ किलोमिटर जति उत्तरी दिशामा बहने भएकोले उक्त स्थानको नाम उतरबाहिनी रहेको कुरा श्री कृष्णगण्डकी गुरुकुलममका संरक्षक तथा धार्मिक अभियंता चैतन्य कृष्णद्वारा बताइएको छ । स्रष्टा पदयात्रीहरुलाइ पाल्पा र स्यांजा जिल्लाको संगमस्थल श्री कालीगण्डकी गुरुकुलमा आश्रय प्रदान गरिएको थियो ।

पदयात्री भ्रमण टोलीमा सहभागिहरु घनश्याम प्रसाइ , डिल्लीराज अर्याल,गंगाप्रसाद भेटवाल,अप्सरा ढकाल ,दीपक भेटवाल,खोलाघरे साहिंलो ,वसन्त रिजाल,,रामकुमार पण्डित , अभय श्रेष्ठ ,जयराम विडारी, ,रूबी सत्याल ,शम्भु गजुरेल ,माधव घिमिरे ‘अटल’’, डा.बालचन्द्र मिश्र हरुमा आन्तरिक प्रतिस्पर्धा गराइ शितल गिरी तथा वीमलअर्यालको मुल्यांकन मण्डलको मुल्यांकनका आधारमा कवि खोलाघरे सांहिलो बिजेता भएका छन् ।बिजेता कविलाइ श्री कालीगण्डकी गुरुकुलमका संरक्षक एवं धार्मिक अभियंता चैतन्य कृष्णद्वारा ‘’स्रष्टा पदयात्री प्रोत्साहन पुरस्कार ‘’नगद सहित पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा ,डा.तुलसी प्रभास तथा चैतन्य कृष्ण द्वारा क्रमशः गद्यकविता र मलाई छ प्यारो छ महालिङ्गधाम नामक कविता बाचन समेत गरिएको थियो ।

साथै स्रष्टा पदयात्री हरुले शनिवार उत्तरवाहिनी स्नान गरि परिसर भ्रमण,अवलोकन पश्चात कालीगण्डकी प्रस्रवण क्षेत्र अन्तर्गत मालङ्गाको ,चक्रशीला ( चक्रअंकित ) शालिग्रामको दर्शन तथा शङ्खे पीपल ( राति शङ्खको आवाज दिने पीपल ) राम्दीघाट (जहाँ त्रेतायुगमा भगवान श्रीरामले स्नान गरिएकोले ) रामनदी भनिएको स्थानका साथै सिद्धगुफा ( जहाँ मार्कण्डेय ऋषिले तपस्या गरिएको भन्ने जनश्रुति पाइन्छ ) अवलोकन भ्रमण गरिएको थियो ।

साथै श्री कालीगण्डकी गुरुकुलम् मा एक भव्य कार्यक्रमको आयोजना गरि स्रष्टा पदयात्री तथा स्थानीय प्रबुद्ध ब्यक्तित्व हरुका बीच साहित्यिक गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका संरक्षक तथा धार्मिक अभियंता चैतन्यकृष्णको सभापतित्व तथा रम्भा गाऊँ पालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा स्रष्टा पदयात्रा संयोजक तथा साहित्यकार शितल गिरी, स्रष्टा पदयात्री, स्थानीय सहजकर्ता तथा साहित्यकार डा. तुलसी खनाल ‘’प्रभाष’’ स्यांजाका पूर्व सांसद तथा आध्यात्मिक ब्यक्तित्व शंकर पाण्डे, गल्यांग १ का वडाध्यक्ष मणिप्रसाद बस्याल को आतिथ्यतामा साहित्यिक गोष्ठीको आयोजना गरियो ।

कार्यक्रममा श्री कालीगण्डकी गुरुकुलममा अध्ययनरत बटुकहरुद्वारा स्वस्ति बाचन तथा रम्भा गाऊँ पालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीद्वारा ब्यानर पढि औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो भने कालीगण्डकी गुरकुलम् का सचिव विवेक बस्यालद्वारा स्वागत मन्तव्य ब्यक्त गरिएको थियो ।

स्वागत मन्तव्यका क्रममा रम्घा गाऊँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्रष्टा पदयात्रीहरुले हाम्रो स्थानीय क्षेत्रलाइ आफ्नो पदयात्राको गन्तव्य बनाउनु हामी सवैको लागि गौरवको बिषय रहेको र वहाँहरुलाइ स्वागत गर्न पाउनु आफुहरुको अहोभाग्य रहेको बताउंदै साहित्यकार पत्रकार र बौद्धिक ब्यक्तित्वहरुले कतिपय राम्रा कुरा लेखनका माध्यमबाट अन्य धेरै ठाऊँमा प्रचार प्रसार गरिदिउन् त्यसै गरि कतिपय नराम्रा कुरा भए हामी आफैंलाइ औंल्याइदिनु भएमा हामी आफैं सच्चिएर अघि बढ्न मद्धत मिल्नेछ भन्दै पदयात्रि टोलीले आ-आफ्नो लेखनको माध्यमबाट उत्तरबाहिनीको प्रचार प्रशारमा यथेष्ट भूमिका खेल्ने बिचार ब्यक्त गरेका छन् । यसैक्रममा स्यांजाका पूर्व सांसद तथा आध्यात्मिक ब्यक्तित्व शंकर पाण्डेद्वारा संस्कार संस्कृति र राष्ट्रीयताका बिषयमा आफूले संसदमा समेत पटक पटक आवाज़ उठाएको र कुनै पनि तंत्रमा जनता सुखी हुन नसक्दा त्यसको आयु लामो नहुने उल्लेख गर्दै साहित्य संस्कृति लेखनका मुर्धन्य ब्यक्तित्वहरुको आफ्नो क्षेत्रमा आगमनको खवर थाहा पाएर काठमाण्डौबाट रात्री बस चढेर भर्खरै फर्किएर आएर यहांहरुलाइ स्वागत गर्न पाएकोमा संतोष लागेको बताएका छन् ।

स्वागत मन्तव्यका क्रममा स्रष्टा पदयात्राका स्थानीय सहजकर्ता डा.तुलसी ‘’प्रभास’’ खनालले कला, साहित्य, संस्कृति, दर्शन, अध्यात्म, पत्रकारिता सबै क्षेत्रका बिराट ब्यक्तित्व हरुले स्यांजा, पाल्पा,र पर्वत जिल्लाका बारेमा एकसाथ अध्ययन भ्रमणका लागि यस क्षेत्रलाइ रोज्नुले आफूलाइ पुलकित तुल्याएको उल्लेख गर्दै आफ्नो ब्यस्तताको बावजूद पनि यस कार्यक्रमको स्थानीय सहजकर्ताको भूमिका निभाउन पाएकोमा अत्यंत उत्साहित भएको बताएका छन् ।यसैक्रममा साहित्यकार तथा पदयात्रा अभियन्ता शितल गिरीले बंदकोठा भित्र बन्धक बसेर गरिएको साहित्य सृजना भन्दा प्रकृतिको काखमा लुटपुटिंदै प्रकृति संगको सन्निकटमा सम्बद्ध पक्ष हरुसंग अन्तरकृया गर्दै तीनका भावना र तथ्य सहित लेखिने साहित्यको प्रभावकारीताको महत्व छुट्टै हुने बिचार ब्यक्त गर्दै देशका बिभिन्न क्षेत्रको अध्ययन भ्रमणको महत्वका बिषयमा प्रकाश। पारेका छन् ।

उक्त कार्यक्रममा श्री कृष्णगण्डकी गुरुकुलममका प्राचार्य तथा संरक्षक एवं धार्मिक अभियंता चैतन्य कृष्णद्वारा मन्तव्यका क्रममा मृत्युमाथि बिजय प्राप्त गर्ने मार्कण्डेय ऋषिको तपस्थली गण्डक क्षेत्र उत्तरबाहिनी जहाँ करिव ३ किलोमीटर जति उत्तरतर्फ आफ्नै माइतितर्फ बगेकी कालीगण्डकी (उत्तरबाहिनी) नदीको किनारमा हाम्रा सभ्यताको बिकाश भएको यो तपोभूमि, पुण्यभूमी १८ पुराणका रचयिता बेदब्यासको जन्मभूमि प्राचीनतम ग्रन्थ सांख्य दर्शनका प्रणेता कपिलमुनीको तपस्थली गुप्तकाशीको रुपमा अवस्थित योग र संयोगको जन्मभूमिमा तपाईहरु समाजका बुज्रुक ब्यक्तित्वहरु लाइ स्वगत गर्न पाउँदा अत्यंत खुशी लागेको बिचार ब्यक्त गरिएको थियो । सोमनाथ न्यौपाने द्वारा सुन्दर ढंगले संचालन गरिएको उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमको समापन पश्चात पदयात्री टोली मालुंगाबाट मिर्मी तर्फ प्रस्थान गरि त्यहाँको समुदाय द्वारा संचालित रहेको देशकै नमूना बिद्यालयका रुपमा सुपरिचित मिर्मी आधारभूत बिद्यालयको अवलोकन भ्रमण गरिएको थियो । सामूदायिक बिद्यालयहरु प्राय अब्यवस्थित रुपमा संचालित हुने गरेकोले आर्थिक चापका बावजुद पनि अभिभावकहरुको रोजाइ अंग्रेज़ी माध्यमको बिद्यालय हुने गरेको अवस्थामा ब्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक बिद्यालयमै रोक्नका लागि बालबालिकाको मनोविज्ञान शारीरिक र बौद्धिक क्षमतामा आधारित उपाय अवलम्बन गर्न सफल भएको हुनाले नमूना बिद्यालयका रुपमा उभ्याउन सफल भएको कुरा शिक्षक तथा कोअर्डिनेटर ज्ञानु पाण्डेले जानकारी दिएका छन् । भेटका क्रममा हेर्ने कथा अन्तर्गत एक अंकमा शिक्षक ज्ञानु पाण्डे तथा बिद्यालयका बारेमा सामग्री प्रशारण भइसकेको समेत जानकारी प्राप्त भयो । मिर्मी नमूना बिद्यालय तथा शिक्षक ज्ञानु पाण्डे संगको अन्तरकृया पश्चात पदयात्रि टोलीले कालीगण्डकी रिसोर्टमा बिश्राम गरेका थिए ।

आइतबार बिहानै पदयात्रि टोलीले कालीगण्डकी ए जलबिद्युत परियोजना भ्रमण गरि परियोजनाको बांधको जलमार्ग हुंदै मिर्मी–सेतीवेनी जलयात्रा गरि स्यांजा पर्वत र गुल्मी जिल्लाको संगमस्थल तथा सेती र कालीगण्डकीको दोभानमा अवस्थित बिश्वकै सवै भन्दा ठूलो शालिग्रामको दर्शन पश्चात पैयुं खोलाको किनारै किनार करिव ३ घण्टाको पदयात्रा सम्पन्न गरि पैयुं हटिया पुगेर खानपिन पश्चात पदयात्री टोली मेटरको प्रयोग गरेर पुनः वालिंग फर्किइ रात्रि बस चढेर राजधानी काठमाण्डौ फर्कएर पदयात्रा सम्पन्न गरिएको जनाइएको छ ।

जयराम बिडारीले स्थलगत यात्रावाट पठाउनु भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend