जन आकाश
काठमाडौँ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘नाङ्गो गाउँको छायांकन सकिएको छ । निर्देशक लामाले ३३ दिनमा फिल्मको सम्पूर्ण छायांकन सकिएको र अब पोष्ट प्रोडक्शनमा लाग्ने बताएका छन् ।
फिल्मको छायांकन काभ्रेमको बेथानचोक गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको थियो । मनिषमा फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend