logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि कस्ले जित्यो ?


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं । कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि इन्टर मिलानले जितेको छ । इन्टर मिलानले बुधबार राति भएको फाइनलमा फियोरेन्टिनालाई २—१ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।



इन्टर मिलान यो सिजनको च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ । इन्टर मिलानको जितमा दुबै गोल लाउटारो मार्टिनेजले गरेका थिए । उनले निर्धारित समयको २९औं र ३७औं मिनेटमा गोल गरेका थिए ।

खेलमा सुरुआती अग्रता भने घरेलु टोली फियोरेन्टिनाले लिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमै फियोरेन्टिनाका लागि निको गोन्जालेजले गोल गरेका थिए । इन्टर मिलानले लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि चुमेको हो ।

अब फियोरेन्टिनाले आगामी जुन ७ तारिखमा वेस्ट हामसँग युरोपा कन्फरेन्स लिगको फाइनल खेल्नेछ । इन्टर मिलानले भने आगामी जुन १० तारिखमा इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँग च्याम्पियन्स लिगको फाइनल खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend