logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बलिउड अभिनेता सलमान खान ओटिटीमा डेब्यू गर्दै


  • जन आकाश
  • बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौ । भारतीय रियालिटी शो बिग बोस ओटिटी २ बाट ओटिटीमा डेब्यू गर्न लागेका हुन् । बिग बोस ओटिटीको पहिलो सिजन निर्माता तथा निर्देशक करण जोहरले होस्ट गरेका थिए । दोस्रो सिजनलाई सलमान खानले होस्ट गर्ने भारतीय सञ्चारमाध्यम बलिउड लाइफमा उल्लेख छ ।



सलमान खानले बिग बोस ओटिटी २ को लागि प्रोमो सुट गरिसकेका छन् । यो शो जुन महिनाको अन्तिमदेखि प्रसारण हुने बताइएको छ । तर निर्माण टिमले यस बारे आधिकारिक जानकारी दिएका छैनन् ।

त्यस्तै सलमान एक वेब सिरिज गर्ने तयारीमा छन् । सलमानलाई ओटिटी वेब सिरिजको अवधारणा मनपर्छ । उनी एक्सन वेब सिरिज गर्ने तयारीमा छन् । अहिले सबै कुरा प्रारम्भिक चरणमा छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend