logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित


  • जन आकाश
  • सोमबार, जेष्ठ १५ २०८०

काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ ।



मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान -२ विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो । नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् ।   नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिएकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend