जन आकाश
काठमाडौं । परिचयपत्रको आधारमा कलाकारलाई सिंहदरबार र विमानस्थलको विशिष्ट कक्ष प्रवेशमा अनुमति दिन चलचित्र कलाकार संघले सरकारसँग माग गरेको छ । आइतबार गृह मन्त्रालय पुगेको संघको कार्यसमिति टोलीले उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठलाई चारबुँदे माग पेश गरेको हो ।
संघले वितरण गरेको परिचयपत्रको आधारमा मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार र विमानस्थलको विशिष्ट कक्षमा प्रवेश दिन माग गरिएको महासचिव तथा अभिनेता सविन श्रेष्ठले जानकारी दिए । कलाकार संघले करिब ९०० जनालाई परिचयपत्र उपलब्ध गराएको छ ।
यसबाहेक भ्रष्टाचार, दण्डहीनता र अनियमिततालगायत विषयमा सरकारले गरेको कारबाहीलाई निरन्तरता दिन पनि संघले आग्रह गरेको छ । काठमाडौंको धापासीस्थित चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगका लागि पनि संघले अनुरोध गरेको छ । विशिष्ट चलचित्रकर्मी लगायत प्रबुद्ध नागरिक र जनसाधारणले सिभिल सहकारीमा बचत गरेको अर्बौं रकम अपचलन गरेको र उक्त रकम पीडितलाई फिर्ताका लागि पहल गर्न अनुरोध गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend