जन आकाश
काठमाडौ । कवि,गीतकार तथा गजलकारका रुपमा परिचित स्रष्टा उत्तम बिचारका शब्द संयोजन प्रमोद खरेलको आवाज (स्वर) र रिमेश कुमारको संगीतमा ‘’कसम खानेले रुवाई धरधरी ‘’ बोलको गीत सार्वजनिक गरिएको छ ।
पर्यटन क्षेत्रमा सक्रिय रहेका श्रष्टा उत्तम बिचारका गीत कविता मुक्तकहरुले समाजको वास्तविकता बोल्छन् । प्रस्तुत गीतमा बर्तमान समाजमा देखिएका पारिवारिक बिखण्डनको मर्मस्पर्शी पृष्ठभूमिको तितो यथार्थतालाइ गहन रुपमा प्रस्तुत गरि दर्शक स्रोताका भावनामा शब्द सुर र तालको त्रिवेणी संयोजनले चुर्लुम्म डुवाउने कलात्मक प्रयोग गरिएको छ ।
नेपाली सुगम सङ्गीतका फाँटमा एक दर्जन जति गीतहरू प्रस्तुत गरिसकेका श्रष्टा उत्तम बिचार नेपाली सुगम संगीतको फाँटमा अर्को एक कदम अघि बढ्ने प्रयास गरिएको छन् । हालसालै उनका ‘’एकै हुन्छ माया ‘’ बोलको गजल सार्वजनिक गरिएको छ ।
सन्तोष राजबाहकको निर्देशनमा बनेको उक्त गीतको भिडियोमा शिशिर भण्डारी,स्मारिका ढकाल फरिता खड्का तथा बाल कलाकार सान्वी खतिवडाको सुन्दर अभिनय हेर्न सकिने छ । शिशिर भण्डारीको युब ट्युब च्यानलबाट उक्त गीत गत शुक्रबार सार्वजनिक गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend