logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्रीको भारत भ्रमण नेपाली जनताको हितमा होस्


  • जन आकाश
  • बुधबार, जेष्ठ १७ २०८०

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तिनदिने भारत भ्रमण भईरहेको छ । उक्त भ्रमणमा उर्जा, जलस्रोत,अर्थ, पराराष्ट्र, भौतिक,सिचाई नीजि क्षेत्रका ब्यापारी, सञ्चारकर्मी लगायतको जम्बो टोली भारत भ्रमणमा यहि जेठ १७ गतेवाट प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिईसकेको छ ।



उक्त भ्रमण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको जनाएको छ । नेपालवाट अमान्त्रित टोलीलाई भारतको हैदरावादमा नरेन्द्र मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ । भारत नेपालको छिमेकी राष्ट्र हो । नेपाल र भारत वीचमा जति खुल्ला सीमाना, पारस्परिक सम्बन्ध छ । त्यति नै रुपमा अविश्वास, बेला बेलामा हुने राजनीतिक हस्तक्षेप जस्ता आरोपहरु पनि भारतले नेपालवाट खेप्नु परेको छ ।

जति सौर्हादा छ त्यतिनै मात्रमा तिकतता पनि छ । नेपालमा गणतन्त्र आइसकेपछि पनि भारतले तराइको आन्दोलनको बिषयलाई लिएर झण्डै आठ महिना नाकाबन्दी गरेको थियो । त्यतिवेला देखि नेपाली जनता भारतसँग त्यति खुशी छैनन् । विगतमा जे भए भए ति भईसकेका गल्तीलाई भारतीय पक्षले पनि डेभलोम्याटिक ढंगवाट स्वीकार गरिसकेको अवस्था छ ।

नेपालमा प्रधानमन्त्री भारत भ्रमणमा जाने मुखमै भारतको नयाँ नक्सामा नेपालको कपिलबस्तु र लुम्बिनी संसद भवनमा राखिएको नयाँ नक्साले पनि नेपाल भारतको कुटनैतिक सम्बन्धमा समस्या निम्त्याउन सकने परिस्थिति बनिरहेको छ । यो नेपालको राष्ट्रिय स्वाधिनताको बिषयमा नेपाल र भारतको पहिलो वार्ता हुनुपर्छ अनि मात्र अन्य कुराहरु अगाडी बढाउन मनासिव होला देशमा आर्थिक संकट छ । भरखरै नेपालको बजेट भाषण सकिएको छ ।

बजेट भाषणमा उल्लेख गरेका बजेट विदेशी ऋण र अनुदानवाट पनि पुर्ति गर्ने बुदाहरु उल्लेख छन् । विकासमा साझेदार गर्न चाहने अन्तरष्ट्रिय कम्पनीहरुलाई प्रोत्साहन गर्ने बजेट भाषणमा उल्लेख छ । यी तमाम समस्या हुदाहुदै पनि नेपालको प्रतिनिधित्व गरेर भारत भ्रमणमा रहको प्रधानमन्त्रीको टिमले नेपालको हितका लागि काम गर्नुपर्छ । त्यही अनुसारको तयारी गरेर पराष्ट्र मन्त्रालयको विगतका राम्रा पक्षहरुको अनुभवलाई समेत अनुशरण गरेर नेपालले भारतवाट लिन सक्ने प्रविधिक, आर्थिक, सामाजिक, राजनैतिक, के के हुन सक्छ ति बिषयहरुमा तयारी गरेर भारत भ्रमण गरी नेपालको शिर उच्च राखेर काम गर्ने उदेश्य राखेर भारत भ्रमण हुन सक्यो भने नेपालले उललेखनिय काम गर्न सक्छ ।

यस्ता कामहरु गरेर नेपाली जनताको सर्वभौम अधिकार स्वतन्त्र राख्न वर्तमान प्रधानमन्त्रीको नेतृत्वको तिनदिने भारत भ्रमण सफल बनोस् । नेपाली जनताले भारत भ्रमणमा रहेकै वेला लगाइएका नागरिता विद्येयक नयाँ नक्सामा नेपालको भुमि समेटिएको बिषयमा लेण्डुप दोर्जे प्रबृति भनिरहेका छन् । त्यस्ता आरोपहरु निराधार हुन हामीले यो यो कामा नेपालको हितमा गरका छौ । भन्ने आधारहरु लिएर फर्कन सक्नुपर्छ र जनतालाई जवाफ दिन सक्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend