logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मलेसियाविरूद्ध नेपालको लगातार दोस्रो जित यस्तो छ ?


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १९ २०८०

KUALA LUMPUR, MALAYSIA - JUNE 01: during match one of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 01, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)

 



काठमाडौ । मलेसियाविरूद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियलाई २७ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो । नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योती पाण्डेले २३ रनको योगदान गरिन् । इन्दू बर्माले २० रन बनाउदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन् । रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् ।

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन् । १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो । उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । उनले ५४ बलमा ६ चौका हिर्काइन् ।

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १-१ विकेट लिए । यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । आजको जितसँगै नेपालले सिरिजमा २-१ को अग्रता लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend